विराटनगर २८ भदौ । विराटनगरका शैक्षिक संस्थाहरु भोलि देखि सञ्चालनमा आउने भएका छन् । विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले मोरङ जिल्लाको अवस्था सामान्य हुँदै गएकाले निषेधाज्ञा र कर्फ्यू पनि हटाईएकाले भोलिदेखि पठनपाठन शुरु गर्न सूचना जारी गरेको छ । मुलुकको विषम परिस्थितिका कारण भदौ २४ गते देखि बन्द रहेका शैक्षिक संस्था सञ्चालनका लागि सूचना जारी […]
विराटनगर, २८ भदौ । पूर्वी नेपालको औद्योगिक तथा राजनीतिक सहर तथा कोशी प्रदेशको राजधानी विराटनगरले मुलुकलाई पहिलो महिला प्रधानमन्त्री पाएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला विराटनगरकै बासिन्दा हुनुहुन्थ्यो । त्यसपछि मातृकाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीले यस सहरलाई राजनीतिज्ञको उर्वर भूमिका रूपमा स्थापित गर्दै प्रधानमन्त्री भएर देशलाई नेतृत्व दिनुभएको थियो । मुलुकको पहिलो […]
विराटनगर २४ भदौ । जेनजी पुस्ताले चर्काएको आन्दोलनमा सहभागी भएका प्रदर्शनकारीले आज मोरङका विभिन्न स्थानमा तोडफोड तथा आगजनी गरेका छन् । प्रर्दशन सुरक्षाकर्मीको नियन्त्रण बाहिर गएपछि उनीहरुले कोशी प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कार्यालय परिसरमा रहेका सवारी साधन, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, उच्च अदालत […]
विराटनगर २४ भदौ । जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा राज्य पक्षबाट भएको दमन भएको भन्दै मोरङका जनप्रतिनिधि तथा पार्टीका नेताहरुले पार्टी परित्यागको घोषणा शुरु गरेका छन् । नेकपा एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, प्रदेश कमिटी सदस्य विमला दाहाल घिमिरे, बेलबारी नगरपालिकाका प्रमुख डिपी राई, वडा नं ३ का वडाध्यक्ष योगेन्द्र सुवेदीले पार्टी […]
विराटनगर २३ भदाै । जेनजीकाे प्रदर्शनका क्रममा सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ । घाइतेमध्ये २ जनाको मृत्यु भएको हो । मृतकहरू अन्दाजी २५ र ३० वर्षीय युवा रहेको प्रहरीले जनाएको छ । पहिचान खुल्न बांकी छ । गोली लागेर घाइते भएकालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको […]