पूवि प्रसुति तथा बालरोग अस्पताल भवनकाे शिलान्यास

विराटनगर ९ साउन। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गतको प्रसुति तथा बालरोग अस्पताल भवनकाे शिलान्यास गर्नुभएको छ। शिलान्यास समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले विदेशमा पढ्न जानेहरूलाई रोक्नका लागि पूर्वाञ्चल विश्वविद्यालयले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो। हाम्रो देशमा भएका संरचनाहरूलाई सुधार गर्दै अगाडि बढेमा अन्य देशको तुलनामा कम लागतमा अध्ययन […]

सार्वजनिक लेखा समितिले सार्वजनिक महत्वका विषयमा सुधार ल्याएको छ : सभापति पोखरेल

विराटनगर ९ साउन । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले समितिले सार्वजनिक महत्वका विषयमा सुधार ल्याएको बताएका छन् । प्रेस चौतारी नेपाल, जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै सभापति पोखरेलले समितिले सार्वजनिक सरोकारका महत्वपूर्ण विषयमा निर्णय गरेर कार्यान्वयनमा ल्याएको जानकारी गराए । उनका अनुसार सार्वजनिक लेखा समिति सरकारी खर्चको पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता […]

विराटनगर सीमा क्षेत्रबाट ६२ महिला तथा बालिकालाई फकाईयो, भारतबाट २ जनाको उद्धार

विराटनगर ८ साउन । माईती नेपाल विराटनगरले पछिल्लो ६ महिनामा ६२ जनालाई सीमा क्षेत्रबाट फर्काएको छ । विराटनगर रानी सीमा क्षेत्रबाट ६२ महिला तथा बालिकालाई फर्काइएको माइती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । माईती नेपाल विराटनगरले बाल यौन शोषण तथा मानव बेचबिखन विरुद्ध आज आयोजना गरेको क्षमताविकास कार्यक्रममा सो जानकारी दिईएको हो […]

अत्यधिक मदिरा सेवनका कारण झापामा दुई जनाको मृत्यु

विराटनगर ८ साउन । अत्यधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु भएको छ । एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई विर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार बिहीबार बिहान कनकाई–४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटी मृत भेटिएका हुन् […]

समुदायका लागि चिकित्सक संस्थाले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

विराटनगर ८ साउन । समुदायका लागि चिकित्सक संस्था काठमाण्डौँले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । संस्थाद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यही साउन १० गते विराटनगरको महेन्द्र चोकमा संचालन हुने स्वास्थ्य शिविरमा प्रसुति तथा महिला रोग, हाडजोर्नी दन्त रोग, प्रयोगशाला परिक्षण आन्तरिक रोग लगायतका सेवा वरिष्ठ एवं दक्ष चिकित्सकहरुले प्रदान गर्नुहुने छ […]