विराटनगर २२ पुस । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्दैहुनुहुन्छ। गठबन्धनमा रहेका कांग्रेस र एमालेले हाल नेतृत्व गरिरहेका मन्त्रालयमा नयाँ अनुहार पठाउने दुवै दलवीच सहमति भएकाे छ । एमालेबाट संखुवासभाका विदुर लिङथेप, आर्थिक मामिला तथा योजना, झापाका चिन्तन पाठक खानेपानी सिँचाइ तथा ऊर्जा र धनकुटाका इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन, […]
विराटनगर २२ पुस । मोरङको रङ्गेली नगरपालिका — १ स्थित त्रिभुवन माध्यमिक विद्यालय कक्षा १० का विद्यार्थी मनिष खवासको उपचारका लागि ४२ हजार सहयाेग हस्तान्तरण गरिएको छ । गत शुक्रबार भलिबल खेल्ने क्रममा दाहिने हात भाँचिएका खवासको उपचारका लागि साेही विद्यालयमा अध्ययनरत विद्यार्थीहरू, शिक्षक, कर्मचारी तथा विद्यालय परिवारकाे तर्फबाट ३२ हजार चार सय १० र […]
विराटनगर २२ पुस । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीयवासीको मृत्यु भएको घटनाका विषयमा इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले पुस १७ देखि २१ गतेसम्म स्थलगत अनुगमन एवम् तथ्य सङ्कलन गरेको छ । पीडित परिवार, स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख, अन्य सुरक्षाकर्मीहरू, छानविन समिति, मृतकका आफन्त, जनप्रतिनिधि र नागरिक समाजका […]
विराटनगर २१ पुस । प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले देशभरिका १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी फागुन २१ का लागि तय भएको निर्वाचनका नियुक्त भएका मुख्य निर्वाचन र निर्वाचन अधिकृतहरु नियुक्त गरेको हो । कोशी प्रदेशका १४ जिल्लाका मुख्य निर्वाचन अधिकृत र २८ निर्वाचन अधिकृतहरुको नामावली । […]
विराटनगर २० पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फ मोरङका ६ वटै निर्वाचन क्षेत्रीय कमिटीहरुको आज बसेको बैठलले ४३ जना उम्मेदवारको नाम सिफारिस गरेका छन् । क्षेत्रीय कमिटीहरुले कुनै पनि उम्मेदवारको एकल नाम सिफारिस गर्न सकेनन् । क्षेत्रीय कमिटीहरुले ३ देखि १६ जना सम्मको नाम सिफारिस गरेका छन् । नेता […]