विराटनगर ८ कात्तिक । विराटनगर महानगरपालिकाले सडक तथा सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाउन सुरु गरेको छ । महानगरले विराटनगर–१९ बाट रेबिजविरुद्धको खोप लगाउन सुरु गरेको हो । सडक तथा सामुदायिक कुकुरले मानिसलाई टोकेमा रेबिज रोग नसरोस् भन्ने उद्देश्यले महानगरका सबै वडामा खोप लगाउन सुरु गरिएको भेटनरी शाखाका अधिकृत हिरालाल यादवले जानकारी दिनुभयो । आर्थिक विकास […]
विराटनगर, ८ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले विशेष परिस्थितिमा बनेको वर्तमान सरकारले काम तीव्रगतिमा गर्नु पर्ने बताउनुभएको छ । विराटनगर स्थित निजी निवासमा नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले मुलुकमा राजनीतिक र सरकारको स्थिरता कायम गर्न बनेको यो सरकारप्रति जनताको आशा र भरोसा रहेको कुरामा जोड दिनुभयो […]
विराटनगर ७ कात्तिक । नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्थाको अध्यक्षमा मणिकुमार अर्ज्याल चयन हुनु भएको छ । सञ्चालक समितिको आज बसेको बैठकले उहाँलाई अध्यक्षमा चयन गरेको हो । वित्तिय क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका नेरुडेका संस्थापक समेत रहनु भएका अर्ज्याललाई आज अध्यक्षमा चयन गरिएको हो । अर्ज्याल यसअघि नेरुडेको प्रमुख कार्यकारी अधिकृत हुनुभएको थियो । […]
विराटनगर ७ कात्तिक । विराटनगर महानगरपालिकाले अटिज्म भएका बालबालिकाहरूका लागि निःशुल्क ‘महानगर अटिज्म सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । विराटनगर–४ दूधफारम दक्षिणमा अवस्थित केन्द्रको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उपमेयर शिल्पा निराला कार्की, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ४ का अध्यक्ष जितन थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, करुणा […]
विराटनगर ७ कात्तिक । गत असोज ११ र १२ गते भएको अविरल वर्षाले भएको क्षतिको पुनःनिर्माण र सर्मतसम्भार गर्नका लागि मर्मत तथा पुन ः निर्माण कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने भएको छ । कोशी प्रदेश सरकारले निर्माण गरेको कोषमा ४० करोड रुपैयाँ जम्मा गरी काम गर्न सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक […]