
विराटनगर ४ फागुन । भूमि समस्या समाधान आयोग कोशी प्रदेश कार्यालयको आज उद्घाटन गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय परिसरमा आयोगको प्रादेशिक कार्यालयको उद्घाटन गरिएको हो । कार्यालयको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा आयोगका कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईले तीन वर्ष भित्रमा सुकुम्वासी समस्या समाधान गर्ने उद्देश्य सहित सरकारले काम अघि बढाएको बताउनुभयो ।
भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले जग्गा प्राप्त गर्नु महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यालय उद्घाटन कार्यक्रममा आयोगका अध्यक्ष हरिप्रसाद रिजालले देशभर १० लाख ९७ हजार २९८ भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरु रहेको बताउनुभयो । उहाँले यो संख्या कोशीमा २ लाख ३० हजार रहेको बताउनुभयो ।