विराटनगर, १२ पुस । राष्ट्रिय राजनीतिमा डा बाबुराम भट्टराई ओल्लो किनार र पल्लो तिर गर्न थालेपछि उनको पुरानो पार्टी नेपाल समाजबादी नयाँ शक्तिसँग जोडिएका कार्यकर्ताको ठूलो पङक्ति भने राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने तयारीमा जुटेको छ ।
पूर्व क्षेत्रमा बाबुरामका विश्वास पत्र भनेर चिनिएका नेपाल समाजबादी पार्टी नयाँ शक्तिका पूर्व केन्द्रीय सचिव भरत दाहालको नेतृत्वमा सो पार्टीको ठूलो समुह रास्वपा प्रवेश गर्न लागेको हो ।
उक्त समुह यही पुस १५ गते काठमाडौमा एक कार्यक्रमका बीच रास्वपा प्रवेश गदैछ ।
प्रवेश गर्नेहरुमा पूर्व सचिव भरत दाहाल, ट्रेड युनियन इन्चार्ज तथा केन्द्रीय सदस्य तेजलाल कर्ण, केन्द्रीय सदस्य कैलाश बानियाँ (सविन) ताप्लेजुङ, केन्द्रीय सदस्य मेघहरी आचार्य (ओखलढुङ्गा) रहेका छन् ।
सङ्घीय सदस्यहरुमा कृष्ण कट्टेल (झापा), सरोज श्रेष्ठ (झापा), रञ्जित गोसामी (यूवा फोरमका केन्द्रीय उपाध्यक्ष), दावा तामाङ (रसुवा) मिसन शेर्पा (धनकुटा) रहेका छन् ।
बाबुराम भट्टराईले पार्टीको राजनीतिक धार प्रस्ट पार्न नसक्दा उनीसँग रहेका सयौ कार्यकर्ताको राजनीतिक भविश्यनै अन्योलमा परेकाले अब उनको पछि लाग्न नसक्ने निर्णयमा आफुहरु पुगेको नेपाल समाजबादी पार्टी नयाँ शक्तिका पूर्व सचिव भरत दाहाल बताउनु हुन्छ ।
केन्द्रीय तहमा रहेका नेताहरुको रास्वपा प्रवेश पछि झापा, मोरङ, सुनसरी, ओखलढुङ्गा, तेह्रथुम, ताप्लेजुङ, खोटाङ र सोलुखुम्बुमा नयाँ शक्तिसँग जोडिएको जिल्ला तहका अधिकाँस कार्यकर्ताहरु रास्वपा प्रवेश गर्ने दाहालले बताउनुभयो ।
विशेष गरेर भदौ २४ को जेन्जी आन्दोलन पछि बैकल्पिक राजनीतिक शक्तिहरु बीच एकता गर्ने भनेर नयाँ शक्ति, पहिचानबादी मोर्चाहरु, कुलमान घिसिङको समुह, विवेकशिल साझा पार्टी, बालेनका प्रतिनिधिहरु बीच, सुदन गुरुङको समुह र पिपुल फस्ट बीच केही चरणमा बार्ता समेत भएको थियो ।
तर त्यही समयमा माओबादीसँग जनार्दन शर्माको समुह अलगिएपछि बाबुराम पनि बैकल्पिक शक्तिहरुसँगको बर्ता छाडेर जनर्दन शर्मासँग मिलेर प्रगतिशिल लोकतान्त्रिक पार्टी गठन गर्ने तर्फ अग्रसर भए ।
सोही बेला रास्वपाबाट विद्रोह गरी आएका शन्तोष परियारको समुह, जनार्दन शर्मा र बाबुराम भट्टराई समेत मिलेर प्रगतिशिल लोकतान्त्रिक अभियानको निर्माण गरिएपनि केन्द्रीय कमिटीको गठनपछि सपथग्रहणको दिन सम्म आइपुग्दा जनार्दन शर्मा र बाबुरामको नयाँ शक्तिबाट आएका कार्यकर्ताहरु बीचमानै किचलो सुरु भइसकेको थियो ।
पार्टी गठनको प्रारम्भिक चरणमै शैद्धान्तिकरुमा किचलो भएपछि बिकल्प खोज्ने क्रममा रास्वपा नजिक पुगेको नेपाल समाजबादी पार्टी नयाँ शक्तिका पूर्व सचिव भरत दाहाल बताउनु हुन्छ ।