विराटनगर ६ मंसिर । मोरङ कटहरी गाँउपालिकाले वडा नं. ४ मा आफ्नै आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण गरेको छ । रंगेली नगरपालिकाकी मञ्जु देवी अग्रवालले निशुल्क उपलब्ध गराउनु भएको २ कट्ठा जग्गामा आफ्नै भवन निर्माण गरिएको हो । करिब ७० लाख रुपैयामा निर्माण गरिएको आफ्नै भवन निर्माण पछि भाडामा बस्दै आएको आधारभूत स्वास्थ्य केन्द्र सारिएको […]
विराटनगर ५ मंसिर । पुर्वेली लोक भाकामा पुर्वेली संस्कार संस्कृति बोकेका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका मेनुका राईको स्वर रहेको छ । गीतकार चन्द्र जयपाल राईको शव्द संकलन तथा बसन्त सापकोटाको संगीत संयोजनमा रहेको पुर्वेली लोक भाका सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै मागी बिवाह […]
विराटनगर ५ मंसिर । ३५ औं अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा सुनसरीको इटहरीमा यातायातमा बालसंरक्षण सचेतना कार्यक्रम गरिएको छ । सार्वजनिक सवारीका साधनमा २ मिनेट कार्यक्रम अन्तरगत यातायातमा यात्रा गर्ने यात्रीहरुलाई बालबालिका खोजतलास नं. १०४ र बालहेल्पलाईन नं. १०९८ को वारेमा जानकारी गराईएको थियो भने विभिन्न प्रचार सामग्रीहरुको वितरण गरिएको थियो । कार्यक्रममा १ सय वटा […]
विराटनगर ५ मंसिर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) र हेल्भेटास नेपालबीच शैक्षिक अभ्यासलाई व्यावसायिक जीवनसँग जोड्ने उद्देश्यसहित सम्झौता गरिएको छ । सम्झौताले विश्वविद्यालयका बीबीए र एमबीए कार्यक्रमको पाठ्यक्रममा एरिया पोटेन्सियल सर्वे (एपीएस ) उपकरण समावेश गर्दै विद्यार्थीहरूको शैक्षिक अभ्यासलाई व्यावसायिक जीवनसँग प्रत्यक्ष जोड्ने मार्ग प्रशस्त गरेको विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठले बताउनुभयो । उहाँले […]
विराटनगर ५ मंसिर । आगामी मंसिर १६ गते मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका सवै १६ जनाकै उम्मेदवारी कायम भएको छ । मुख्यनिर्वाचन अधिकृतको कार्यालयले विहान १० देखि दिउँसो १ बजे सम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेपनि कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएका हुन । मुख्यनिर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको […]