प्रधानसम्पादक विष्टलाई शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार

विराटनगर १२ माघ । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टलाई शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । प्रेस चौतारी मोरङको ९ औं जिल्ला अधिवेशनका अवसरमा आज अरुण खवरका प्रधानसम्पादक विष्टलाई नगद २१ हजार राशी सहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मानित गर्नुभएको हो । प्रेस चौतारी मोरङका पूर्व अध्यक्ष समेत रहनु भएका […]

हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी ‘ग्लोबल म्याथ डिबेट लिग’मा सहभागी हुने

विराटनगर ११ माघ । विराटनगर –४ बरगाछी पश्चिममा अवस्थित हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी ‘ग्लोबल म्याथ डिबेट लिग’मा सहभागी हुने भएका छन् । काठमाडौंमा हुन लागेको ग्लोबल म्याथ डिबेट लिगमा हेरिटेज स्कूलमा अध्यनरत कक्षा ७ र ८ का विद्यार्थीहरू सहभागी हुन लागेका हुन् । कक्षा ७ का आरोन खतिवडा र प्रज्ञान राठी तथा कक्षा ८ का […]

सबैक्षेत्रमा कानुनको पालना गरेमा संविधानको मर्म लागु हुने : प्रदेश प्रमुख खापुङ्ग

विराटनगर ११ माघ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आज सातौँ वार्षिक प्रतिवेदन वुझाएको छ । प्रमुख खापुङ्गलाई प्रदेश प्रमुखको कार्यालय विराटनगरका आयोजित कार्यक्रममा मुख्य न्यायाधिवक्ता नारायण बस्तीले मुख्य न्यायाधिवक्तो काम, कर्तव्य,अधिकार र सेवाका सर्त सम्बन्धी ऐन २०७५ को दफा १२ को उपदफा (१) बमोजिम कार्यालयको आर्थिक वर्ष २०८०/८१ […]

भारतीय पर्यटकहरूलाई नेपाल आउँदा पर्ने सबै असजिलोहरूलाई हटाइने : मुख्यमन्त्री कार्की

विराटनगर ११ माघ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय पर्यटकहरूलाई नेपाल आउँदा पर्ने सबै असजिलोहरूलाई हटाइने बताउनुभएको छ । कोशी टप्पु सुनसरीमा विहिबार भारतीय पत्रकारहरूसँग कुराकानी गर्दै नेपालमा आउँदा भारतीय पर्यटकलाई गरिने अनावश्यक चेकजाँच र नोट सटहीको समस्यालाई हटाउन दुईपक्षबाटै पहल गरिने बताउनुभयो । कोशी प्रदेश सरकारले आगामी २०८२ साल लाई कोशी पर्यटन वर्ष मनाउने […]

प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण

विराटनगर ११ माघ । प्रेस सेन्टर नेपाल मोरङको अध्यक्षमा नविनकुमार कर्ण चयन भएका छन् । विराटनगरमा बिहीबार भएको पाँचौ जिल्ला सम्मेलनबाट कर्ण अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ । समितिको उपाध्यक्षमा श्रीमन्त भट्टराई, सन्दिप राई, सचिवमा अनिल श्रेष्ठ, सहसचिव राकेश कर्ण, हुसेन शेख, राजेश राजवंशी र कोषाध्यक्ष प्रेम देवान रहेका छन् । सदस्यहरुमा नम्रता न्यौपाने, […]