विराटनगर १३ माघ । मैथिली सेवा समिति विराटनगरको अध्यक्षमा डा एस एन झाको नेतृत्वमा १५ सदस्यीय कार्य समिति शनिबार चयन गरिएको छ । मुलुकको दोस्रो ठूलो भाषा मैथिली भाषी समुदायको विराटनगरमा सम्पन्न ३२ औँ अधिवेशनले उपाध्यक्षमा डा योगेन्द्रप्रसाद यादव तथा अधिवक्ता संजु साह, महासचिवमा मृत्युंजय मिश्र,सचिवमा रोशन देव र उप सचिवमा रोकशकुमार ठाकुर र कोषाध्यक्षमा […]
विराटनगर १३ माघ । नेपाल समाजवादी पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकमा गरिबी निवारण गरि समृद्धि कायम गर्न बैकल्पिक राजनीतिक शक्तिको निर्माणमा लागेको बताउनु भएको छ । समाजवादी पार्टी(नयाँ शक्ति)को प्रथम कोशी प्रदेश सम्मेलन तथा नेपाल समाजवादी ट्रेड युनियन महासंघ प्रदेश तथा मोरङ सम्मेलनको शनिवार विराटनगरमा आयोजित उद्घाटन समारोहमा उहाँले कृषिको समुचित विकास र […]
विराटनगर १३ माघ । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस कलेज अफ ल ले कानूनमा स्नातकोत्तर तहको अध्यापन शुरू गरेको छ । स्नातकोत्तर तहमा अध्ययनका लागि ७७ जनाले प्रवेश परीक्षा दिएका छन् । क्याम्पसले ५० जनालाई भर्ना गरी अध्यापन गर्ने डाइरेक्टर महेश प्रसाद निरौलाले जानकारी दिनुभयो । दुई वर्षे स्नातकोत्तर तहको कार्यक्रम सञ्चालका लागि धेरै अघिदेखि विद्यार्थीहरूबाट […]
विराटनगर १२ माघ । प्रेस चौतारी मोरङको विराटनगरमा आज सम्पन्न ९ औं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा चीना थापालाई निर्वाचित गरेको छ । थापा प्रेस चौतारी मोरङको पहिलो महिला अध्यक्ष हुनु भएको छ । जिल्ला कार्यसमितिको उपाध्यक्षमा शशांक पौडेल, महिला उपाध्यक्षमा रञ्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सहसचिवमा कृष्णचन्द्र सुवेदी, समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्षमा […]
विराटनगर १२ माघ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट सरकारले काम कारबाही गर्नु असंवैधानिक नभएको बताउनुभएको छ। आज प्रेस चौतारी मोरङकाे अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री मुख्यमन्त्री कार्कीले अध्यादेश पनि संवैधानिक व्यवस्था अनुसार नै ल्याइएको र यसले सरकारलाई काम कारबाही गर्न सजिलो गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘यो पनि संवैधानिक व्यवस्था हो र यो जनतालाई राहत […]