एमाले विराटनगर ४ द्धारा माथिल्लो कमिटीका नेताहरुलाई सम्मान

विराटनगर ६ वैशाख । एमाले विराटनगर ४ वडा कमिटीले माथिल्लो कमिटीका नेताहरुलाई सम्मान गरेको छ ।

विराटनगर ४ बाट माथिल्लो कमिटी ( महानगर, जिल्ला, प्रदेश कमिटी) मा निर्वाचित नेताहरुलाई सम्मान गरिएको वडा कमिटी अध्यक्ष नवराज काफ्ले जानकारी दिनुभयो ।

माथिल्लो कमिटीमा निर्वाचितहरुलाई सम्मान गर्दै आफु वडा कमिटीको जिम्मेवारीबाट अलग भएको उहाँले बताउनुभयो । माथिल्लो कमिटीमा उम्मेदवारी दिएपछि स्वतः पदमुक्त हुने भएकाले जिम्मेवारीमा अलग भएको उहाँले बताउनुभयो । हालै सम्पन्न महानगर कमिटीको सचिव पदमा काफ्लेले उम्मेदवारी दिनुभएको थियो ।

आफ्नो कार्यकालमा पार्टीका गतिविधिहरु नियमित गरेको, नेता कार्यकर्ताहरुलाई सक्रिय बनाउन विभिन्न कार्यक्रमहरु सम्पन्न गरि वडालाई गतिशिल बनाएको उहाँले बताउनुभयो ।