भानु कलेजद्वारा पूर्वविद्यार्थीहरु सम्मानित

विराटनगर २५ माघ । विराटनगरस्थित भानु कलेजले पूर्वविद्यार्थीहरुलाई सम्मान गरेको छ । शुक्रबार विशेष समारोह आयोजना गरेर कलेजले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेका पूर्वविद्यार्थीहरुलाई सम्मान गरेको हो । एमवीवीएसमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने पुज्जल खड्का, वीएससी नर्सिङमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने सपना साह, कृषि तथा वन विश्वविद्यालयमा भेटनरी डाक्टरमा छात्रवृत्ति पाउन सफल अनुराग मञ्जिल गेलालसहित […]

औद्योगिक नीतिले नेपाललाई नयाँ युगमा प्रवेश गराउँछ : मुख्यमन्त्री कार्की

विराटनगर, २५ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ औद्योगिक नीतिले नेपाललाई नयाँ युगमा प्रवेश गराउन मद्दत गर्ने बताउनुभएको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित ‘औद्योगिक नीति २०८१ को मस्यौदा उपर सरोकारवालाहरुबीच अन्तरक्रिया’ कार्यक्रमको उद्धाटन गर्दै उहाँले स्वदेशी कच्चा पदार्थलाई बढावा दिन औद्योगिक नीति आवश्यक रहेको कुरामा जोड दिनुभयो । […]

मानव वेचविखन तथा ओसार पसार विरुद्ध परियोजना सल्लाहकार समितिको वैठक

विराटनगर २५ माघ । मानव वेचविखन तथा ओसार पसार विरुद्ध सञ्चालित कार्यक्रमको समीक्षा सहित परियोजना सल्लाहकार समितिको वैठक आयोजना गरिएको छ । विराटनगर महानगरपालिका र माइती नेपालको समन्वयमा संचालन हुने मानव वेचविखन तथा ओसार पसार विरुद्धको कार्यक्रमको समिक्षा सहित नगर परियोजना सल्लाहकार समितीको वैठक बसेको माईती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । विराटनगर […]

एनओसी प्रदेश स्तरबाट गर्न राष्ट्रिय शैक्षिक परामर्श संघकाे माग

विराटनगर २३ माघ । राष्ट्रिय शैक्षिक परामर्श संघ काेशी प्रदेशले नाे अब्जेक्सन सर्टिफिकेट ( एनओसी) प्रदेश स्तरबाटै जारी हुने व्यवस्था मिलाउन माग गरेकाे छ । हाल सानोठिमी भक्तपुरबाट जारी हुँदै आएको एनओसी प्रदेश स्तरबाटै गर्न उसले माग गरेकाे  हाे । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई संघले आज ज्ञापन पत्र बुझाउँदै कोशी प्रदेश भित्र शैक्षिक परामर्श […]

साना तथा मझौला उद्योग प्रर्वद्धन समझदारी पत्रमा उद्योग वाणिज्य महासंघ कोशी र उदय परियोजना बीच हस्ताक्षर

विराटनगर २३ माघ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजना बीच कोशी प्रदेशमा साना तथा मझौला उद्योग प्रर्वद्धनका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारी पत्रमा महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत र उदय परियोजनाका टिम लिडर अरुण राणाले हस्ताक्षर गर्नु भएको छ । समझदारी पत्रमा हस्ताक्षर गर्दै नेपाल उद्योग वाणिज्य महासंघ […]