विष रहित खेतीपातीका लागि जैविक कृषि जागरण अभियान

विराटनगर २४ वैशाख । विष रहित खेतीपातीका लागि जैविक कृषि जागरण अभियानको शुरुवात गरिएको छ । गत वैशाख ९ गतेबाट अभियानको शुरुवात गरिएको हो ।

खाध्यका लागि कृषि अभियानले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै स्वच्छ पर्यावरण, स्वस्थ खाना र आत्मनिर्भर जीवनयापनका लागि एक महिने अभियान शुरु गरिएको संयोजक उद्धव अधिकारीले जानकारी दिनुभयो ।
अभियान अन्र्तगत २३ जिल्लाका ७० स्थानमा प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय किसान, सञ्चारकर्मीसँग भेटघाट, छलफलको कार्यक्रम गरिने अघिकारीले बताउनुभयो । उहाँले भन्नुभयो,‘

विषमुक्त खाना खाने वातावरण बनाउने उद्देश्यले अभियान शुरु गरिएको हो ।’ संघीय ऐन र कृषि नीति संशोधन नहुँदा पनि समस्या भएको उहाँको भनाई छ ।
कृषि जागरण अभियान आगामी जेठ ७ गते सम्पन्न हुने बताईएको छ ।