विराटनगर, २९ चैत । चालु आर्थिक वर्षको आठ महिनामा रेमिटेन्स १.७ प्रतिशतले घटेर ६ खर्ब ३१ अर्ब १९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो । यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २ लाख २७ हजार ९०० […]
काठमाण्डौ, २८ चैत । नेपाल राष्ट्र बैंकका गभर्नरलाई कानुनअनुसार नै छानबिनको दायरामा ल्याइएको अर्थमन्त्री जनार्दन शर्माले बताउनु भएको छ । सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्नुभएका मन्त्री शर्माले भर्नरमाथि राष्ट्र बैंकको ऐनअनुसार नै छानबिन गर्न लागिएको हो बताउनुभयो । गभर्नरमाथि छानबिन गर्न समिति गठन गरिएकाले त्यसको प्रतिवेदनले सबै प्रश्नको जवाफ दिने उहाँले बताउनुभयो ।राष्ट्र […]
विराटनगर, २८ चैत । मुलुकले आर्थिक संंकट बेहोरिरहेको बेला नियमनकारी निकाय तथा नीति निर्माण तहका नेतृत्वको समन्वय अभावप्रति उद्योग संंगठन मोरङले चिन्ता व्यक्त गरेको छ । मुलुक आर्थिक सकटको अवस्थामा गुज्रिरहेको बेला नेपाल सरकार, अर्थ मन्त्रालय एवं नेपाल राष्ट्र बैंक जस्ता नियमनकारी निकायहरुले निजी क्षेत्र समेतलाई विश्वासमा लिई निकास दिनुपर्नेमा मुख्य संस्थाहरुबीच नै समन्वय अभाव […]
विराटनगर, २७ चैत । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले उद्योगपति राजेन्द्र राउतसहित दुईजनालाई सम्मान गरेको छ । चौथो वार्षिकोत्सवका अवसरमा कलेजले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का उपाध्यक्ष तथा केन्द्रीय सदस्यसमेत रहनु भएका राउतसहित समाजसेवी मीना जोशीलाई गरेको हो । उद्योगपति राउत र समाजसेवी जोशीलाई कलेजका तर्फबाट पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले दोसल्ला ओढाएर सम्मानपत्र […]
विराटनगर, २७ चैत । नेकपा एमालेका तीन पूर्वअर्थमन्त्रीले अर्थतन्त्रको वर्तमान अवस्थाबारे संयुक्त रुपमा वक्तव्य जारी गर्दै राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप भएको बताएका छन । राजधानीमा पत्रकार सम्मलेन गर्दै उनीहरुले १२ बुँदे विज्ञप्ति जारी गरेका हुन । गठबन्धनको सरकारले समयानुकुल आर्थिक अवस्थालाई पहिचान गरी बजेट तथा मौद्रिक नीति नल्याउँदा अहिले आर्थिक संकट आइपरेको उनीहरुको आरोप छ […]