अनियमित विद्युत आपूर्तिका कारण उद्योग सञ्चालनमा समस्या : उद्योग संगठन मोरङ

विराटनगर ४ वैशाख । अनियमित विद्युत आपूर्तिका कारण उद्योग सञ्चालनमा समस्या भएको भन्दै उद्योग संगठन मोरङले सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ । लामो समय देखि बजारमा ब्याप्त मन्दि, वैंकको चर्को ब्याजदर लगायत आन्तरिक तथा वाह्रय कारणले शिथिल वनेको उद्योग व्यवसाय क्षेत्रले गत पौष महिना देखि भोग्दै आएको विद्युतको अनियमित आपूर्ति, बारम्वारको ट्रिपिङ, लो भोल्टेज, पूर्व […]

जीवन विकासले १४ करोड ७७ लाख बोनस शेयर वितरण गर्ने

विराटनगर ३० चैत । जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडले १४ करोड ७७ लाख बोनस शेयर वितरण गर्ने भएको छ । संस्थाको केन्द्रीय कार्यालय रहेको मोरङ कटहरीमा आज सम्पन्न चौथो बार्षिक साधारणसभामा आ.व. २०७८–०७९ को वितरण योग्य मुनाफाबाट गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजारको १४ दशमलव […]

विराटनगर–८ मा घरेलु जुत्ता–चप्पल बनाउने १५ दिने सीपमूलक तालिम

विराटनगर २८ चैत । विराटनगर–८ स्थित समृद्धि नेपालको आयोजनामा घरेलु जुत्ता–चप्पल बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित १५ दिने तालिम आज सम्पन्न भएको हो । स्थानीय महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले जुत्ता–चप्पल बनाउने तालिम सञ्चालन गरिएको समृद्धि नेपालकी अध्यक्ष माया ओझाले बताउनुभयो । तालिममा सहभागीहरुलाई विराटनगर वडा नम्बर ८ का […]

तीन करोडको लागतमा नेपाल बैंकको भवन निर्माण

विराटनगर २६ चैत । नेपाल बैंक लिमिटेड बजार अड्डा विराटनगर शाखाको नवर्निमित भवनको उद्घाटन गरिएको छ । भवनको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले एक समारोहका बीच आज उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले नेपालको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंकले ग्राहकको मन जित्नुपर्नेमा जोड दिनुभयो । बैंकहरुबीच पनि प्रतिस्पर्धा रहेकाले राम्रो सेवा […]

आँगन स्वीटलाई ३ दिनभित्र महानगरमा उपस्थित हुन निर्देशन

विराटनगर २२ चैत । मूल्य, तौल र गुणस्तरमा ठगिएको उपभोक्ताबाट व्यापक गुनासो आएपछि विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा आज संयुक्त बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा विराटनगर मेनरोडस्थित आँगन स्वीटमा अधिकांश कामदार भारतीय नागरिक रहेको भेटिएको छ । स्वीटमा कार्यरत ४० मध्ये २५ जना भारतीय […]