विराटनगर १८ मंसिर । मोरङ–सुनसरी औद्योगिक करिडोरका तीन वटा स्थानीयतहमा स्थानीय सरकार तथा स्थानीय उद्योगी व्यवसायीवीच अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र काठमाडौं स्थित कम्यूनिटी इन्गेजमेन्ट्स एण्ड आउटरिच प्रालिको सहकार्यमा लगानी प्रवद्र्धन र वातावरण संरक्षणका क्षेत्रमा सहकार्य प्रवद्र्धनमा केन्द्रित रहेर यस क्षेत्रका विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका र बुढीगङ्गा गाउँपालिकामा छुट्टाछुट्टै अन्तरक्रिया आयोजना गरिएको हो । अन्तरक्रियाका क्रममा विराटनगर महानगरपालिका प्रमूख नागेस कोइरालाले महानगरले उद्योगीव्यवसायीका समस्या सुन्दै र सम्भव भए सम्म माग पुरा गर्दै आएको बताउनु भयो । उद्योग व्यवसायले सामाजिक उत्तरदायीत्व निर्वाह नगर्दा वातावरण संरक्षण मात्र नभई शहरी सेवा व्यवस्थापनमा समेत समस्या भोग्नु परेको उहाँको गुनासो थियो । स्थानीय उद्योगी व्यवसायीले भने महानगरपालिकाले सहकार्यका अग्रसरता देखाउन, समान्य बिरोधकै भरमा महत्वपुर्ण निर्णयबाट पछि नहट्न, साना तथा घरेलु उद्योग प्रवद्र्धनमाथप लगानी गर्न आग्रह गरेका थिए ।
कटहरी गाउँपालिकामा भएको सम्बाद कार्यक्रममा इट्टा लगायतका स्थानीय उद्योग व्यवसायले ग्रामिण अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको भएपनि स्थानीय सरकारले त्यसलाई महत्व नदिएको बताएका थिए । राजस्व संकलन गर्दा साना, मझौला र ठूला उद्योगको बर्गीकरण नभएको, व्यवसाय करको दर अत्याधिक भएको लगायतका गुनासो गरेकाथिए । कटहरीका अध्यक्ष देवराज चौधरीले उद्योग सञ्चालनमा सहजीकरण गरिरहेको, भूमि बर्गीकरण गरी उद्योग र बस्तीकाबिचको समस्याको दीगो समाधानको प्रयास गरिएको र उद्योगीको समस्यालाई मध्यजर गरी राजस्वका दरहरु परिमार्जन गरिएको बताउनु भयो । सार्वजनिक खरीद कानुनको अधिनमा रहेर स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको प्रमूख प्रशासकीयअ धिकृत मनोज शाहले बताउनु भयो । कार्यक्रममा उप्रमूख सीतादेवी राजबंसीले राजस्व नीति निर्माणमा स्थानीय उद्योगी व्यवसायी लगायतका सरोकारवालाहरूसँगको सम्बाद बढाउने प्रतिवद्धता व्यक्तगर्नुभयो ।
बुढीगङ्गा गाउँपालिकामा भएको अन्तरसम्बाद कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगरले उद्योगीहरुले उद्योग सञ्चालनका न्यूनतम मापदण्ड पुरा नगरेको र प्रदुशण अत्याधिक गरेको बताउनु भयो । सामाजिक उत्तरदायित्व निर्वाहमा उद्योगहरु उदासिन रहेको पनि उहाँले बताउनु भयो । औधोगिक प्रदुषणको असर कम गर्न उद्योग परिसरमा बृक्षारोपण गर्ने उद्योगीलाई बिरुवाको संख्याका आधारमा व्यवसाय कर छुट दिने नीति अघि सारिएको, उद्योगीको समस्या समाधानका लागि लचकता अपनाइएको, दक्ष जनशक्ति निर्माणमा लगानी गरिएको जस्ता विषयमा गाउँपालिकाका अध्यक्षल गायतकाप्रतिनिधीहरुले जोड दिनुभएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले जानकारी दिनुभयो ।