विराटनगर १६ मंसिर । बुद्धोदय बचत तथा ऋण सहकारी संस्था विराटनगरको अध्यक्षमा पुन : राजेन्द्रप्रसाद खनाल निर्विरोध निर्वाचित हुनु भएको छ । संस्थाको १५ औं साधारणसभाले खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का, सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा र समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सितादेवी खड्का निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार कोषाध्यक्ष बाहेकका पदहरुमा एक÷एक जनाको मात्रै उम्मेदवारी परेको थियो । निर्वाचन समितिले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै विजयी घोषणा गरेको हो । कोषाध्यक्षमा २ जनाको उम्मेदवारी परेको थियो । कोषाध्यक्षको टुङ्गो गोलाप्रथाबाट गरिएको थियो ।
साधारणसभाले लेखा समितिको संयोजकमा पुन :अविनासकुमार निधिलाई निर्वाचित गरेको छ । निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि सर्वसम्मत चयन गरिएको हो । लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन हुनु भएको छ । संस्थाको साधारणसभा मंसिर १८ गते आफ्नै भवनमा हुने लेखा समितिका संयोजक निधिले जानकारी दिनुभयो । विराटनगर ३ मा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट सहकारी संस्था भित्र पर्दछ ।