विराटनगर २५ मंसिर । साना किसान कृषि सहकारी संस्था सिजुवाले १८ औँ वार्षिक साधारणसभा आईतबार सम्पन्न गरेको छ । साधारणसभाका अवसरमा संस्थाले विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।
मोरङको रतुवामाई नगरपालिका–६ सिजुवामा रहेको संस्था साना किसानहरूको सुखदुखको साथी बन्दै गएको छ । साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदन अनुुसार ६ ओटा अन्तरसमूहभित्र २१३ ओटा समूहमा सानाकिसानहरू आवद्ध भएका छन् । दक्षिणी मोरङ कार्यरत भएको संस्थामा १ हजार २ सय १४ जना शेयर सदस्यहरू रहेका छन् ।
१८ औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष द्रोणबहादुर पौडेलद्धारा प्रस्तुत गरिएको सञ्चालक समितिको प्रतिवेदन अनुुसार संस्थाले गएको आर्थिक वर्षमा ३९ करोड २४ लाख ७० हजार बढी कारोवार गरेकोमा यस आर्थिक वर्षमा ३१ करोड ३३ लाख ९१ हजार बढीको कारोवार गरेको छ । संस्थाको कूल सम्पत्ति गएको आर्थिक वर्षमा २६ करोड ५ लाख ९९ हजार बढी रहेकोमा यो आर्थिक वर्षमा २६ करोड ५५ लाख २२ हजार बढी रहेको छ ।
संस्थाको १८ औँ वार्षिक साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार संस्थाको कूल आम्दानी गएको आर्थिक वर्षमा २ करोड ६६ लाख ७ हजार बढी रहेकोमा यस आर्थिक वर्षमा २ करोड ९९ लाख ४० हजारले वृद्धि भएको छ ।
संस्थाले गएको आर्थिक वर्षमा २ करोड ५ लाख ५१ हजार बढी रुपियाँ कूल खर्च गरेकोमा यस आर्थिक वर्षमा २ करोड ५९ लाख ८६ हजार रुपियाँ खर्च गरेको छ । संस्थाले गएको आर्थिक वर्षमा ६० लाख ५५ हजार ५ सय ६८ रुपियाँ बचत गरेकोमा यस आर्थिक वर्षमा ३९ लाख ५४ हजार २१३ रुपियाँ बचत गरेको छ । प्रतिवेदन अनुसार संस्थाले आर्जन गरेको कूल नाफा ३९ लाख ५४ हजार २१३ रुपियाँ रहेकोमा आयकर वापत १ लाख ९७ हजार ७ सय १० रुपियाँ भुक्तानी गरेको छ ।
सञ्चालक समितिको प्रतिवेदन अनुुसार रसायनिक मल तथा विउविजन विक्रीबाट भएको नाफा रु १ लाख ९६ हजार ६२३ रुपियाँ मा करछुट भइ आयकरपछिको ३९ हजार ५३ हजार १२५ रुपियाँ खुद बचत भएको छ । १८ औँ वार्षिक साधारणसभाका अवसरमा संस्थाको सञ्चालक समितिको बैठक १४ ओटा पूर्ण बैठक, पूर्वअध्यक्ष,सल्लाहकार समिति, लेखा समिति, अन्तरसमूहका प्रतिनिधिहरू,निर्माण उपसमितिसहितको ३ ओटा संयुक्त विस्तारित बैठकहरु समेत गरी कुल १७ ओटा बैठकबाट ८५ ओटा प्रस्ताविहरू पारित भएको जानकारी दिइएको छ ।
सो अवसरमा नेपाल सरकारसँग साना किसान अनुसरण साझेदार कार्यक्रमको रूपमा साना किसान कृषि सहकारी संस्था,सिजुवाले गएको आर्थिक वर्षमा जस्तै यसवर्ष पनि रतुवामाई नगरपालिका अन्तरगतको साना किसान कृषि सहकारी संस्था,महादेवा दर्ता गर्ने कार्यक्रम सम्पन्न गरिएको, उर्लावारी नगरपालिकामा साना किसान कृषि सहकारी संस्था र बुढीगङ्गा गाउँपालिकामा साना किसान कृषि सहकारी संस्था बुढीगङ्गा, यस आर्थिक वर्षमा हस्तानन्तरणको प्रक्रियामा रहेको जानकारी दिइएको छ ।
१८ औँ वार्षिक साधारणसभाका अवसरमा संस्थाको निर्माणाधीन एकीकृत कृषि परियोजना सञ्चालनमा ल्याइने, साना किसानको उज्यालो घर कार्यक्रममार्फत शेयर सदस्यहरूमा घरमा सौर्य उर्जा जडानलाई निरन्तरता दिइने भएको छ । यो कार्यक्रम अनुसार गएको आर्थिक वर्षमा २६३ साना किसान परिवारको घरमा सौर्य उर्जा जडान गरिएको जानकारी दिइएको छ ।
साधारणसभाका अवसरमा संस्थाले गएको आर्थिक वर्षमा संस्थाको सेवामा लामो योगदान पुर्याउने ३८ जना ज्येष्ठ नागरिकलाई तिर्थाटन गराइएको र सो कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिइएको छ ।
१८ औँ वार्षिक साधारणसभामा संस्थाले विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको संस्थामा प्रवन्धक निर्देशक ऋषिकुमार ढकालले बताउनु भयो । संस्थाले उत्कृष्ट समूह महिलातर्फ समूह न.१११ र पुरूषतर्फ समूह न.५८ जनालाई सम्मान गरेको छ । उत्कृष्ट बालबचतको सम्मान दीप चेम्जुङ र दीपा चेम्जुङलाई दिइएको छ । सो अवसरमा एकल महिला धानकुटी ताजपुरिया र राममाया कन्दङ्गवालाई सम्मान गरिएको छ । त्यसैगरी उच्चतम शेयर लगानी गर्ने दिलमाया बस्नेत र दुर्गाबहादुर विष्टलाई सम्मान गरिएको छ । उत्कृष्ट ऋणिको सम्मान दमन्तीकुमारी राजवंशी र चानमुनी वास्कीलाई दिइएको छ । साधारण बचततर्फ ललिताकुमारी राय र ललनकुमार झालाई सम्मान गरिएको छ ।
ज्येष्ठ नागरिक सदस्य वचततर्फ देवीमाया खतिवडा र मनमाया भट्टराईलाई सम्मान गरिएको संस्थाका प्रवन्धक निर्देशक ऋषिकुमार ढकालले बताउनु भयो । १८ औँ वार्षिक साधारणसभाका अवसरमा विशेष बचततर्फ गीता खत्री र तेरेसा हेमरमलाई पुस्कार दिइएको छ । साना किसान विशेष बचततर्फ चामुलाल ढकाल र पदमलाल निरौलालाई दिइएको छ ।
उत्कृष्ट परियोजनातर्फ बमबहादुर खड्का, पशुपालन तथा कुटानीपिसानी मिल र ईश्वरीप्रसाद सङ्रौला, सङ्रौला गाईफामलाई दिइएको प्रवन्धक ढकालले बताउनु भयो । संस्थाका अध्यक्ष द्रोणबहादु पौडेलको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा जिल्ला कृषि सहकारी तदर्थ सङघ, मोरङका अध्यक्ष रवीन्द्र आर्चायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
१८ औँ वार्षिक साधारणसभामा तुलाराम लुईटेल, वडाध्यक्ष रतुवामाई नपा–६, राम कार्की,रतुवामाई–७, दीपकराज पाण्डे, मानबहादुर खड्कालगायत अतिथिको उपस्थिति रहेको थियो ।
साधारणसभा सञ्चालन संस्थाका प्रवन्धक निर्देशक ऋषिकुमार ढकालले गर्नु भएको थियो ।