विराटनगर १ साउन । कोशी प्रदेशमा आजदेखि सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेशका सबै जिल्लामा पूर्वाधार निर्माणका कामलाई व्यवस्थित र सहज ढङ्गले सञ्चालन गर्न प्रदेश सरकारले आजबाट पूर्वाधार कार्यालयहरू सुरु गरेको हो । सुनसरीको इनरुवामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कार्यालय उद्घाटन गर्नुभएको छ। मुख्यमन्त्री कार्कीले कार्यालय उद्घाटन गर्दै […]
विराटनगर ३२ असार । नेपालको जलश्रोत तथा आर्थिक क्षेत्रको विकासका लागि भारतीय उद्योगीहरुले लगानी गर्नुपर्ने सुझाव दिएका छन् । नेपाल भारत मैत्री युवा संघ मोरङद्वारा आज विराटनगरमा आयोजित नेपालको विकासमा भारतीय लगानीको भूमिका विषयक गोष्ठीमा उहाँहरुले उद्योग,पर्यटन सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीले दुई देशलाई फाइदा पुग्ने विचार राख्नु भएको छ । नेपाली काग्रेसका नेता एवं […]
विराटनगर ३१ असार । पूर्वाञ्चल विश्वविद्यालयको ४१ औं सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतमा प्रधानमन्त्रीनिवास बालुवाटारमा आज सम्पन्न ४१ औं सभा बैठकले बजेट स्वीकृत गरेको हो । बैठकमा रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठी आर्थिक […]
विराटनगर २८ असार । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिले निजी क्षेत्रका महत्वपूर्ण माग सम्बोधन गरेको मोरङ उद्योग व्यापार संघले जनाएको छ । संघका अध्यक्ष अनुपम राठीले जारी गरेको विज्ञप्तिमा बैंकले विगतमा प्रस्तुत सुझाव मनन गर्दै नीति लचिलो र यथार्थपरक बनाएको भन्दै स्वागत गर्नुभयोे । ‘मौद्रिक नीतिले वित्तीय स्थायित्व […]
विराटनगर २४ असार । दलहन बाली पकेट विकास कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरेको छ । विराटनगर–१९ स्थित बैजनाथपुर कृषि सहकारी संस्थालाई महानगरले २४ लाख रुपैयाँ बराबरको कृषि सामग्री हस्तारण गरेको हो । जसमा १२ लाख रुपैयाँ महानगर र १२ लाख रुपैयाँ कृषि सहकारीले व्यहोरेको छ । मंगलबार महानगर परिसरमा […]