
विराटनगर २८ साउन । नुडल्स र स्न्याक्सको अग्रणी निर्माता तथा निर्यातकर्ता एशियन थाइ फुड्स लिमिटेड (एटिफ) ले आफ्नो आगामी प्रारम्भिक सार्वजनिक निष्कासन (आईपिओ) को निष्कासन प्रबन्धकका रूपमा काम गर्न हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडसँग सम्झौताको गरेको छ ।
सम्झौतामा एशियन थाइ फुड्स लिमिटेडका अध्यक्ष शिवरतन शारडा र हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुभास बहादुर श्रेष्ठले एटिएफका प्रबन्ध निर्देशक महेश जाजु, कार्यकारी निर्देशक राधेश्याम शारडा र निर्देशक आशिष जाजु तथा हिमालयन सेक्युरिटीजका नायब महाप्रबन्धक शंकर राजवाहकको उपस्थितिमा आधिकारिक रूपमा हस्ताक्षर गर्नुभयो । यो साझेदारीले एटिएफ लाई सार्वजनिक बजारमा प्रवेश गर्न तथा विस्तारका लागि सहयोग र्पुयाउने प्रबन्धक निर्देशक महेश जाजुले बताउनु भयो ।
विराटनगर र तौलिहवामा अत्याधुनिक उत्पादन एकाइहरू सहित एटिएफले आफ्ना उच्च गुणस्तरका उत्पादनहरू ३० भन्दा बढी देशहरूमा निर्यात गर्दै आएको छ । रमपम, टुपीएम र प्रिती कम्पनीको प्रमुख ब्राण्ड हो ।
आईपीओको विस्तृत विवरण, समयरेखा र सेयर बाँडफाँट आउँदो महिनाहरूमा सार्वजनिक गरिने एटिएफका अध्यक्ष शिवरतन सारडाले जानकारी दिनुभयो ।