विराटनगर २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरीमा मेडिकल कलेज स्थापनाका लागि सरकार सहयोग गर्न तयार रहेको बताउनु भएको छ । मोरङको कटहरीमा जीवन विकास समाजले स्थापना गरेको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन प्रालीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेडिकल कलेज स्थापनाका लागि सरकारले सहयोग गर्ने बताउनु भएको हो । […]
विराटनगर १९ जेठ । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमै पहिलोपटक न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागको औपचारिक सुरुवात गरेको छ । कार्यक्रममा सीएमसीका न्यूक्लियर मेडिसिन विभाग प्रमुख डा. जीवन पौडेलले पूर्वी नेपालमा यस्तो अत्याधुनिक प्रविधियुक्त विभाग सुरु हुनु स्वास्थ्य क्षेत्रमा एक ठूलो फड्को भएको बताउनुभयो । उहाँले विराट मेडिकल कलेज टिचिङ हस्पिटलले ल्याएको […]
विराटनगर १९ जेठ । जीवन विकास सामुदायिक अस्पताल एवं प्राविधिक शिक्षा प्रतिष्ठान सञ्चालनमा आएको छ ।मोरङ जिल्लाको कटहरी गाउँपालिका –२ स्थित हल्दिबारीमा बीस विघा जमीनमा रु दुई अर्ब लगानीमा दुई सय शैय्याको सामुदायिक अस्पताल सञ्चालनमा आएको छ । जीवन विकास समाजद्वारा आज अस्पताल परिसरमा आयाजित पत्रकार सम्मेलनमा सर्वसाधारण जनतालाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा […]
विराटनगर १० जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको अनुभूति जनताले गर्ने गरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउनु पर्ने बताउनु भएको छ । गणतन्त्र दिवसको उपलक्ष्यमा गणेशमानसिंह फाउण्डेशन मोरङ , नेपाल रेडक्रस सासाईटी , मोरङ र लायन्स क्लव अफ विराटनगरद्वारा शनिवार मोरङको धनपालथान गाउँपालिका – ३ सोराभागस्थित शिवशक्ति माविमा आयोजित वृहत स्वास्थ्य शिविरको उद्घाटन गर्दै […]
विराटनगर ३ जेठ । नेकपा एमाले विराटनगर महानगर कमिटीले आज आयोजना गरेकाे रक्तदान कार्यक्रममा २९ पिन्ट रगत संकलन भएकाे छ । मदन-आश्रितकाे ३२ औं स्मृति दिवसकाे अवसरमा जिल्ला पार्टी कार्यालय पाञ्चालीमा आयोजित रक्तदान कार्यक्रममा २९ पिन्ट रगत संकलन भएकाे महानगर कमिटी सचिव विज्ञान शर्माले जानकारी दिनुभयाे । रक्तदान कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा माेरङ इन्चार्ज […]