विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराटनगर १४ कात्तिक । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा रहेको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । युरोपेली सोसाइटी फर मेडिकल ओन्कोलोजी (इएसएमओ ) बाट आधिकारिक मान्यता प्राप्त गर्दै विराट क्यान्सर इन्स्टिच्युट नेपालको पहिलो संस्था बनेको हो । जर्मनीको बर्लिनमा गत अक्टोबर १७ देखि २१ सम्म आयोजित […]

विपीका पाँच कर्मचारी बर्खास्त, तीन जनामाथि विभागीय कारबाही

विराटनगर १२ कात्तिक । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संस्थाको नियम विपरीत कार्य गर्ने पाँच जना कर्मचारीलाई बर्खास्त र तीन जनामाथि विभागीय कारबाही अगाडि बढाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौलाका अनुसार बर्खास्तमा पर्नेमा प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ तथा पूर्व–रजिस्ट्रार प्रा.डा. मोहन्चन्द्र रेग्मी रहेका छन् । रेग्मी प्रतिष्ठानमा कार्यरत रहँदै काठमाडौंस्थित सिभिल अस्पतालको […]

विराट मेडिकल कलेज टिचिङ अस्पतालका नर्स र स्वास्थ्यकर्मीहरु आन्दोलित

विराटनगर १ कात्तिक । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज टिचिङ अस्पतालका नर्स र स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । सेवा सुविधा वृद्धिलगायतका माग राख्दै शनिबारदेखि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । हस्पिटलका नर्स र स्वास्थ्यकर्मीलाई सरकारले तोकेको न्यूनतम तलब, सेवा सुविधाहरु उपलब्ध नगराएको भन्दै आन्दोलनमा उत्रनु परेको उनीहरुले बताएका छन् । आन्दोलनमा आउनुअघि अस्पताल प्रशासनलाई […]

विराट मेडिकलमा रगतको अभाव

विराटनगर २८ असोज । मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा केही दिन यता रगतको अभाव देखिएको छ । हस्पिटलमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई रगतको अभाव देखिएको हो। तत्काल रगत चाहिने बिरामीले समेत रगत पाउन सकिरहेका छैनन्। दशैँपछी सबै समुहका रगतको अभाव रहेको विराट ब्लड बैंकका इन्चार्ज प्रबिण दाहालले जानकारी दिए। […]

क्षयरोग नियन्त्रणको लक्ष्यमा पुग्न सरोकारवालाको सहयोग आवस्यक : मन्त्री राई

विराटनगर, २५ असोज । कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र र्राईले क्षयरोग नियन्त्रण गर्ने सरकारको लक्ष्य पूरा गर्न सम्बन्धित सरोकारवालाहरुको सक्रिय सहयोग आवश्यक रहेको बताउनु भएको छ । नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाको ५५ औं जिल्ला सभाको आज विराटनगरमा उद्घाटन गर्दै स्वास्थ्य मन्त्री र्राईले क्षयरोगका कारण वर्षाेनी विरामीहरुको संख्या र मृत्यु बढी रहेकोले यस तर्फ […]