विराटनगर २५ असार । सेभ द चिल्ड्रेनसँगको सहकार्यमा रानी नाकामा निर्माण गरिएको भवनबाट स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ । आज आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । सो भवन महानगरपालिका र सेभ द चिल्ड्रेनको संयुक्त लगानी निर्माण गरिएको हो । जोगबनी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूसँगै संक्रामक रोग पनि भित्रिने […]
विराटनगर १० असार । नेपाल पत्रकार महासंघ मोरङले अजोड इन्स्योरेन्स कम्पनी विरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै आज मुद्धा दर्ता गरेको छ । कोरोना बिमाबापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले बिमा कम्पनीका नाममा परमादेश जारी गरेपनि अदालतको आदेशको अबज्ञा गरेपछि पत्रकार महासंघ मोरङले आज अदालतको अवहेलनामा सजायको माग गर्दै मुद्धा दर्ता गरेको हो । […]
विराटनगर ७ जेठ । विराटनगर महानगरपालिका–८ मा निःशुल्क दन्त शिविर संचालन गरिएको छ । वडाले जीवन विकास पब्लिक हेल्थ सेन्टरसँगको सहकार्यमा निःशुल्क दन्त शिविर संचालन गरेको हो । १२९ जेष्ठ नागरिकको दाँत जाँच गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुशारमा आधारभुत स्वास्थ्य केन्द्र विराटनगर ८ मा ७६ जनाको दाँत जाँच गरिएको, १३ जनाको […]
विराटनगर २८ जेठ । मोरङमा समुदायमा आधारित मधुमेह र उच्च रक्तचाप परीक्षण प्रभावकारी बन्दै गएको छ । पछिल्लो तीन वर्षमा कार्यक्रमको प्रभावकारिता बढेको पाईएको छ । आर्थिक वर्ष ०७८–०७९ मा मोरङका ४ वटा स्थानीय तहहरुबाट शुरु भएको कार्यक्रम आ.व. २०८०–०८१ सम्म आईपुग्दा १२ वटा स्थानीय तहमा पुगेको छ । आगामी आर्थिक वर्षदेखि मोरङका सवै पालिकामा […]
विराटनगर २३ जेठ । विद्यालय र शैक्षिक संस्था छेउछाउमा भइरहेको सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा कडाइका साथ रोक लगाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा सुर्तीजन्य तथा मद्यपान सेवनको निषेध, न्यूनीकरण, नियन्त्रण र नियमनसम्बन्धी सरोकारवालाहरुको अन्तरक्रियामा बोल्ने वक्ताहरुले विशेष गरी विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमै रोक लगाउनुपर्नेमा जोड दिएका हुन् । […]