उर्लाबारी, १८ मंसिर । मोरङको उर्लाबारी नगरपालिका – ३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा सुविधा सम्पन्न अस्पताल भवन निर्माण हुने भएको छ ।
कोशी प्रदेश सरकारको बजेटमा पहिलो चरणमा अस्पताल परिसरमा करिब रु ३० करोड बजेटमा भवन निर्माणका लागि शहरी विकाश तथा भवन कार्यालय मोरङबाट ठेक्का आह्वान भएको मोरङ १ क का प्रदेश सांसद् उमाकान्त गौतमले जानकारी दिनु भएको छ ।
चालु आर्थिक वर्षमा अस्पताल भवन निर्माणका लागि प्रदेश सरकारबाट रु ९ करोड बजेट बिनियोजन भएपनि आर्थिक मामिला मन्त्रालयबाट बजेट श्रोत सुनिश्चित गराएर बहुवर्षिय योजना अन्र्तगत भवन निर्माण प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो ।
सम्पुर्ण पक्रिया पुरा गरेर फागुन पहिलो साताबाट भवन निर्माण सुरु गर्ने लक्ष्य राखिएको शहरी विकाश तथा भवन कार्यालय मोरङका प्रमुख सुरेन्द्र लिम्बुले बताउनु भएको छ ।
भवन निर्माण हुने स्थानको मंगलबार सांसद् गौतम, कोशी प्रदेश योजना आयोगका सदस्य किशोरकुमार राई, कार्यालय प्रमुख लिम्बु, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) रविकुमार शाह, नेकपा एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बाँस्तोला लगायतले अनुगमन गर्नु भएको छ ।
हाल सो अस्पतालमा सुविधा सम्पन्न भवन नहुँदा विरामीहरुलाई समस्या हुँदै आएको छ ।