विराटनगरको ग्रिनल्याण्ड कलेजमा ७५१ विद्यार्थीको स्वागत तथा अभिमुखीकरण

विराटनगर ६ साउन । विराटनगरको ग्रिनल्याण्ड कलेजमा कक्षा ११ मा भर्ना भएका ७५१ विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । विराटनगरमा आज आयोजित कार्यक्रममा कलेजले विज्ञान तथा व्यवस्थापन संकायमा नयाँ भर्ना भएका विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रममा कलेजका प्राचार्य दिनेश दाहालले विद्यार्थीको नयाँ शैक्षिक यात्रा शुरु भएको बताउनुभयो । उहाँले […]

भारोत्तोलन संघ मोरङको अध्यक्षमा चिनाकाजी थापा

विराटनगर ६ साउन । मोरङ जिल्ला भारोत्तोलन संघको अध्यक्षमा चिनाकाजी थापा सर्वसम्मत चयन भएका छन् । विराटनगरमा मंगलबार भएको साधारणसभाबाट थापाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति चयन भएको हो । समितिको उपाध्यक्ष प्रेमबहादुर खड्का, सचिव ध्रुवकुमार प्रधान, कोषाध्यक्ष प्रमोदकुमार श्रेष्ठ चयन हुनु भएको छ । समितिको सदस्यमा दीपेन्द्र थापा, शुभाषिस कोइराला, ज्योतिप्रसाद पौडेल, पर्शुराम निरौला […]

गठबन्धन सरकारले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाएन : कांग्रेस पूर्व पदाधिकारी

विराटनगर ५ साउन । नेपाली कांग्रेसका ७ नेता तथा पूर्वपदाधिकारीहरूले कांग्रेस एमाले मिलेर बनेको गठबन्धन सरकारले संविधान संशोधन प्रक्रियालाई अगाडि नबढाएको गुनासो गरेका छन् । सोमबार दिउँसो चाक्सीबारीमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौंलाले गठबन्धन सरकारले संविधान संशोधन प्रक्रियालाई अगाडि नबढाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयोे, ‘कांग्रेस–एमालेबीच गठबन्धन हुँदा संविधानको कार्यान्वयनको समीक्षा […]

विद्या भण्डारीसँग आफैं चुनाव गराएर हारेका केही समूहहरू पनि देखिए : एमाले अध्यक्ष ओली

विराटनगर ५ साउन । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपतिको गरिमा सम्झाएको बताउनु भएको छ । आइतबार भण्डारीसँगको भेटबारे पार्टी केन्द्रीय कमिटी बैठकमा सोमबार बोल्दै उहाँले राष्ट्रपतिको गरिमा र गणतन्त्रलाई अनावश्यक विवादमा नतान्न आग्रह गरेको जानकारी गराउनुभयो । ‘हिजोको भेटवार्तामा विद्या भण्डारीलाई पोलिटब्युरोको निर्णयका विषयमा आवश्यक जानकारी गराइएको छ । […]

द भ्वाइस किड्स’ सिजन ४ को भोटिङ राउन्डमा बेलबारीका प्रज्वल

विराटनगर ४ साउन । ‘द भ्वाइस किड्स’ सिजन ४ को भोटिङ राउन्डमा मोरङको बेलबारीका प्रज्वल पौडेल पुग्न सफल भएका छन् । पौडेल टिम सत्यबाट भोटिङ राउन्डमा पुगेका हुन । बेलबारी ४ का स्थायी बासीन्दा १३ बर्षीय पौडेल ब्लाईन्ड, ब्याटल राउन्ड पार गर्दै भोटिङ राउन्डमा पुगेका हुन । ब्लाईन्ड अडिसनमा पौडेललाई कोचले उच्च प्रशंसा गर्दै ‘फोर […]