प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै कांग्रेसले दायर गरेको रिट सर्वाेच्चमा दर्ता

विराटनगर २३ मंसिर । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वाेच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ । सर्वाेच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट आज दर्ता भएको हो ।

रिटको पेशी पुस २ गतेका लागि तोकिएको कोइरालाले जानकारी दिनुभयो । प्रतिनिधिसभा पुनस्र्थापनको माग गर्दै कांग्रेसले शुक्रबार सर्वाेच्चमा रिट पेस गरेको थियो ।