विराटनगर १५ फागुन । विराटनगर ८ मा आज आयोजना गरिएको एकिकृत स्वास्थ्य शिविरबाट २ सय जनाले सेवा लिएका छन् । स्थानीय गीता मन्दिर हाटखोलामा आयोजना गरिएको कार्यक्रममा सो संख्यामा सेवाग्राहीले सेवा लिएका हुन । विराटनगर महानगरपालिका वडा नं. ८ को व्यवस्थापनमा भएको स्वास्थ्य शिविरमा छाला रोग विशेषज्ञ डा. ज्योति कार्की, बाल रोग विशेषज्ञ डा. शिशिर […]
विराटनगर १५ फागुन । सुनसरीको बर्जु गाउँपालिकामा दादुरा संक्रमण फैलिएको छ । दुई हप्ताको अवधिमा बर्जुमा २९ जना दादुरा संक्रमित भेटिएका हुन् । बर्जुमा पहिलो पटक वडामा नम्बर २ मा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो । हाल उक्त गाउँपालिकाको ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको […]
विराटनगर १५ फागुन । राप्रपाले तत्काल प्रदेश १ सरकार नछाड्ने भएको छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा संघ र बागमती प्रदेशबाट राप्रपा बाहिरिएको छ । तर प्रदेश १ मा भने तत्काल नबाहिरिने भएको हो । राप्रपा प्रदेश १ संसदीय […]
विराटनगर १५ फागुन । आरोहण–गुरुकुल विराटनगरबाट नाट्य प्रशिक्षण लिएका १० विद्यार्थी दिक्षित भएका छन् । नेपाली रङ्गमञ्चको अग्रणी संस्था आरोहण–गुरुकुलले सञ्चालन गरेको २ वर्ष अवधिको आवासीय रङ्गमञ्चीय कला कार्यक्रममा सहभागी भएका विद्यार्थीलाई आइतबारहाटखोलास्थित सुशीला कोइराला नाटकघरमा एक समारोहकाबीच प्रमाणपत्र प्रदान गरिएको हो । नेपाली रंगमञ्चलाई व्यवसायिक बनाउने र गुरुकुल परम्परा अनुसार नाट्य अध्यापन गराउने गरेको […]
विराटनगर १३ फागुन । आगामी फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराउनु भएको छ । कांग्रेस नेता पौडेलको प्रस्तावकमा सभापति शेरबहादुर देउवा, एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, जसपा नेता अशोककुमार राई […]