मानवसेवा आश्रम विराटनगरको भवन निर्माणका लागि लोहिया परिवारद्धारा ५ लाख सहयोग

विराटनगर ६ माघ । मानवसेवा आश्रम विराटनगरमा निर्माणाधीन भवनको १ कोठा निर्माणको लागि लोहिया परिवारले ५ लाख बढी सहयोय गरेको छ । बिराटनगर निवासी लोहिया परिवारले स्वर्गीय बुवा भगवान दास र आमा साबित्रीदेवी लोहियाको सम्झनामा ५ लाख ११ हजार १११ सहयोग प्रदान गर्नुभएको हो ।

मानवसेवा आश्रमलाई निरन्तर साथ, सहयोग र हौसला प्रदान गर्नुहुने ललीतकुमार लोहिया, जितेन्द्रकुमार लोहिया, दिपक कुमार लोहिया, र सुनिलकुमार लोहिया लगायत सम्पूर्ण लोहीया परिवारले मानवीय मन्दीर निर्माण स्थलको अवलोकन समेत गर्नुभएको छ । उहाँहरुको यस सहयोगले लामो समयदेखि बेसहाराको लागि साहारा बन्दै आएको मानवसेवा आश्रमको सेवा प्रवाहमा थप योगदान र प्रेरणा मिलेको बताईएको छ ।

खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी (अनाथ, अपाङ्ग, अशक्त, असहाय एवं मनोरोगी) मानवहरुको सेवामा जुट्दै आएको मानवसेवा आश्रम यस्तै परोपकारी र मानवताप्रेमी मनहरुको मुठी दानबाट सञ्चालित भईरहेको छ ।