विराटनगर ६ माघ । विराटनगर महानगरपालिका वडा नंं ४ श्रृष्टि मार्गबाट एक दम्पतीको उद्धार गरिएको छ ।
श्रृष्टि मार्गमा एक कटेरोमा लामो समयदेखि कष्टकर जीवन विताउँदै आएका स्वास्थ्य समस्या भएका बृद्ध अवस्थाका प्रकाश राई र उनकी पत्नीलाई उद्धार गरि मानव सेवा आश्रम विराटनगरमा लगिएको छ ।
एमाले विराटनगर ४ का वडाकमिटीका अध्यक्ष नवराज काफ्लेको पहलमा बृद्ध दम्पतीको उद्धार गरिएको हो । उहाँहरुको उद्धारका लागि विराटनगर –४ का वडाध्यक्ष जितन थापा, महानगर नगर प्रहरी प्रमुख राजन पौडेलले मानवसेवा आश्रम विराटनगर सम्म लैजानका लागि सहयोग गर्नुभएको थियो ।
खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी (अनाथ, अपाङ्ग, अशक्त, असहाय एवं मनोरोगी) मानवहरुको सेवामा मानवसेवा आश्रमले काम गर्दै आएको छ ।