माईती नेपालद्धारा मानव बेचबिखनको बदलिदो स्वरुपबारे छलफल

विराटनगर ५ माघ । माईती नेपाल विराटनगरले मानव बेचबिखन तथा ओसारपसार र वाल यौन शोषण विरुद्ध सेवाप्रदायकहरुको क्षमताअभिबृद्धि गर्ने विषयमा छलफल कार्यक्रम गरेको छ ।

कार्यक्रममा मानव बेचबिखनको बदलिदो स्वरुपबारे छलफल गरिएको छ । विराटनगर महानगरपालिकाका वडाध्यक्षहरु, सदस्यहरु, गैसस, राष्ट्रिय मानवअधिकार आयोग, इलाका प्रहरी कार्यलय, सशस्त्र प्रहरी कार्यलय रानी, राष्ट्रिय बाल अधिकार परिषद, वालवालिका खोजतलास केन्द्रका प्रमुख तथा प्रतिनिधिहरुकावीचमा माइती नेपालले गर्दै आएको काम, चुनौतिहरु, बेचबिखनको बद्लिदो स्वरुपहरुबारे छलफल तथा अन्र्तक्रिया गरिएको छ । बद्लिदो स्वरुपबारे सरोकारवालाहरुलाई विस्तृतरुपमा प्रस्तुतिकरण गरिएको थियो ।

कार्यक्रममा माइती नेपालका विराटनगर संयोजक विनोद पोखरेलले माइती नेपालको बारेमा जानकारी गराउदै माइती नेपाले गर्दै आएको कार्यक्रमहरुहरु तथ्याङ्कहरु विवरणहरु प्रस्तुत गर्नुभएको थियो । मनोपरामर्शकर्ता गीताञ्जली शर्माले वाल यौन शोषणको वारेमा जानकारी गराउनु भएको थियो । माइती नेपालले सामानागर्दै आएकोे भन्ने पेश गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीय सरकार, प्रहरी, सशस्त्र प्रहरी, गैसस र माइती नेपालको समन्वय र सहकार्यमा आगामी दिनमा गर्न सकिने कार्यक्रमबारे छलफल गरिएको संयोजक पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी विराटनगर ८, १३, १५, १६, १७ र १८ नंवरका वडाध्यक्षहरुले माईती नेपालको अभियानमा साथ दिने प्रतिबद्धता जनाएका थिए ।