हुलाकी राजमार्गले छुने साना चोक बजारमा परिणत हुँदै

विराटनगर, ७ असोज । पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–भद्रपुर खण्डको निर्माणसँगै दक्षिणपूर्वी मोरङ र झापाको दक्षिणपश्चिम क्षेत्रको आर्थिक र सामाजिक गतिविधिमा उल्लेख्य परिवर्तन आएको छ । राजमार्ग निर्माणसँगै त्यस क्षेत्रका स्थानीयको आवगमन सहज हुनुका साथै स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको बजारसँगको प्रत्यक्ष पहुँच बढ्दा त्यस क्षेत्रको आर्थिक परिचालनमा ठुलो परिवर्तन आएको मोरङ क्षेत्र नं २ (१) […]

बडादशैं आजबाट सुरु

विराटनगर ६ असोज । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षाेल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा […]

५ जना मन्त्रीहरूको नाम राष्ट्रपति पौडेल समक्ष सिफारिस, आज सपथ

विराटनगर ६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्नु भएको छ । उहाँले आफ्नो समूहमा साँझ गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति […]

निर्वाचन कानुन संशोधनको प्रस्ताव

विराटनगर ५ असोज । निर्वाचन आयोगले मतदाता नामावली संकलन खोल्न कानुन संशोधनका लागि सरकारलाई प्रस्ताव गरेको छ । आयोग पदाधिकारीहरुको आइतबारको बैठकले मतदाता नामावली ऐन संशोधनका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । मन्त्रिपरिषद् को बैठकले यो ऐनलाई अध्यादेश मार्फत संशोधन गर्ने सम्भावना छ । निर्वाचन आयोग सूचना अधिकार सुमन घिमिरेका मतदाता नामावली ऐनको दफा […]

डा. संगीता मिश्राले दिइन् राजीनामा, मन्त्री बन्ने सम्भावना

विराटनगर ५ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता मिश्राले सरकारी सेवाबाट राजीनामा दिनुभएको छ । डा. मिश्राले दिएको राजीनामा मन्त्रिपरिषदले स्वीकृत समेत गरेको स्रोतले जानकारी दिएको छ । सचिव बढुवाका विषयमा असन्तुष्ट जनाउँदै ६ महिनादेखि बिदामा रहनु भएको उहाँ जेनजी आन्दोलनपछि उत्पन्न भएको अवस्थापछि मन्त्रालयमा हाजिर हुनु भएको थियो । तर […]