एमाले निर्वाचनबाट भाग्दैन, चुनाव हुने वातावरण सरकारले बनाउन सकेन : एमाले नेता अधिकारी

विराटनगर २१ कात्तिक । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सरकारले चुनाव हुने वातावरण बनाउन नसकेको बताउनुभएको छ । एमाले निर्वाचनबाट नभाग्दै भन्दै उहाँले सरकार चुनाव गराउने गरि नलागेको आरोप लगाउनुभयो । प्रेस चौतारी मोरङले आज विहान विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता अधिकारीले भन्नुभयो,‘ हामी चुनावबाट भाग्दैनौं । […]

कोशी प्रदेश सरकारले नयाँ सवारी खरिद नगर्ने

विराटनगर २० कात्तिक । कोशी प्रदेश सरकारले तत्काल नयाँ सवारीसाधन खरिद नगर्ने भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मन्त्रालय र विभिन्न कार्यालयका गरी २६५ वटा सवारीसाधन जलेर ध्वस्त भएका थिए । कतिपय मन्त्रालय र कार्यालयमा आवश्यकताभन्दा बढी नै सवारीसाधन रहेकाले त्यसैलाई सही तरिकाले व्यवस्थापन गर्दै काम चलाउने नीति […]

विराट मेडिकलमा हजार नर्स भर्ना गर्दा १० जनाले मात्र सम्झौता गरे, पुराना नर्सहरू भने सन्तुष्ट

विराटनगर २० कात्तिक ।  मोरङको बुढीगंगा–२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले विगत असोज १० गते एकै पटक एक हजार नर्स भर्नाका लागि आवेदन खुलाए पनि मात्र १० जनाले सम्झौता गरेर काम गरेको हस्पिटल प्रशासनले जनाएको छ । हस्पिटललाई अतिआवश्यक परेको भन्दै मेडिकल कलेजले पाँच वर्षसम्म निरन्तर काम गर्ने सम्झौता भए सुविधा प्याकेजसहित महिनाको […]

नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीहरु सक्रिय बन्दै

विराटनगर २० कात्तिक । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीहरु सक्रिय बन्न थालेका छन् । पछिल्लो समयमा एमालेका पार्टी गतिविधिले तिव्रता पाईरहेको अवस्थामा क्षेत्रीय कमिटीहरु पनि सक्रिय बन्न थालेका हन् । समन्वय कमिटीहरुले विभिन्न पार्टी गतिविधिलाई अगाडि बढाउन थालेको प्रदेश सभा क्षेत्र समन्वय कमिटी मोरङ ४ (ख) का संयोजक मुकेश बुढाथोकीले जानकारी दिनुभयो । एमाले प्रदेश […]

उद्योग प्रतिष्ठानमा ऊर्जा दक्षता बढाउन वित्तीय श्रोत व्यवस्थापनबारे छलफल

विराटनगर २० कात्तिक । उद्योग प्रतिष्ठानहरुमा ऊर्जा दक्षता अभिवृद्धिका लागि संरचनागत परिवर्तन गर्दा आवश्यक पर्ने वित्तीय श्रोतको ब्यवस्थापनका सम्वन्धमा उद्योग संगठन मोरङको समन्वय, नेपाल बैकंर्स एशोसिएशन तथा जिआईजेट नेपालको आयोजनामा छलफल कार्यक्रम भएको छ । कार्यक्रममा उद्योग व्यवसाय क्षेत्रले उर्जा दक्षता अभिवृद्धि गर्न संरचनागत परिवर्तन गर्नुपर्दा वैंक तथा वित्तीय क्षेत्रबाट लिनुपर्ने वित्तीय सहयोग र त्यसका […]