एभरेष्टका ३ विद्यार्थी सहित मोरङका ८ विद्यार्थीले ल्याए ४ जीपीए

विराटनगर १४ असार । मोरङका ८ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । सबैभन्दा बढि एभरेष्ट बोर्डिङ स्कुल विराटनगरका तीन जनाले ४ जीपीए ल्याएका हुन् । तीनजनाले जीपीए ४ ल्याएसँगै विद्यालयले कोशी प्रदेशकै उत्कृष्ट भएको दाबी गरेको छ । एभरेष्टबाट एसइई परीक्षामा २१२ जनाले परीक्षा दिएका थिए । ती मध्ये कृतज्ञ दाहाल, राजु कुमार साह र […]

कोशी प्रदेशमा दुधजन्य पदार्थ र मासु उत्पादनमा वृद्धि

विराटनगर १३ असार । कोशी प्रदेशमा दधजन्य तथा खसीवोका पालन एवं मासु उत्पादन वृद्धिमा नेपाल लाइभस्टल सेक्टर इनाभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई विराटनगरले महत्वपूर्ण योगदान पुर्याएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गत रहेको विस २०७४/७५ मा स्थापित उक्त परियोजनाले विश्व बैंकको सहयोगमा विगत पाँच वर्षको अवधिमा प्रदेशका सात जिल्लाका ७७ पालिकाका पशु […]

बालविवाह सम्बन्धि सरोकारवालाहरु बीच अन्तरक्रिया

विराटनगर १४ असार । मोरङको ग्रामथानमा बालविवाह सम्बन्धि सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम विहिबार गरिएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको सहयोग, ग्रामथान गाउँपालिकासँगको सहकार्य र मानव अधिकार तथा वातावरण मञ्च (फरेन) विराटनगरको आयोजनामा बालविवाह सम्बन्धि सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा बालविवाहको विद्यमान अवस्था र चुनौतीका विषयमा फरेनका अध्यक्ष यज्ञप्रसाद शर्माले प्रस्तुतिकरण […]

राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगद्धारा कोशी प्रदेश प्रमुख खापुङलाई प्रतिबेदन हस्तान्तरण

विराटनगर १३ असार । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधान अनुसार वित्त आयोगले गरेको सिफारिश कार्यान्वयन गरिए बेरुजु घटाउन सजिलो हुने बताउनु भएको छ । प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले वित्त आयोगले साधन स्रोत र राजस्व बाँडफाँडमा सहयोग गरेको र […]

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभीबाट पहिलो पटक विद्युत प्रवाह

विराटनगर १२ असार । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ । नेपाल भित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत व्यापार विस्तार गर्न यो प्रसारण लाइन बनाइएको हो । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मंगलबार बेलुका […]