विराटनगर ८ पुस । कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख डिआईजी राजन अधिकारीले शान्ति सुरक्षा पहिलो प्राथमिकता रहेको बताउनु भएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुखमा सरुवा भएर आएपछि सोमबार आयोजित पत्रकार भेटघाटमा उहाँले प्रहरीले कानुनको परिधिभित्र रहि आम नागरिकलाई सुरक्षा प्रदान गर्न कुनै कसर बांकी नराख्ने बताउनुभयो । उहाँले अपराध रोकथाम तथा नियन्त्रण सहित प्रहरी प्रधान कार्यालयसँग ४० बुँदे कार्य सम्झौता गरी सोही अनुसार प्रदेशका विभित्र निकायका प्रहरी प्रमुखसँग कार्य सम्झौता गरिसकेको जानकारी दिँदै हराएको मानिस खोज्नु, अदालतको फैसला कार्यान्वय गराउनु प्रहरीको जिम्मेवारी रहेको बताउनुभयो ।
उहाँले लागु औषध ओसारप्रसार, दुव्र्यसनी र खुला सीमाका कारण हुने तस्करी जस्ता विषय प्रहरीको लागि चुनौति हो भन्दै प्रहरीले प्रदेशका ८१५ वटै इकाईबाट असल अभ्यास र पद्धतिलाई कायम गराउने प्रतिवद्धता व्यक्त्त गर्नुभयो । उहाँले भत्रुभयो, ‘ इमान्दारिता र निश्पक्षताले नै प्रहरी संगठन बलियो र आमनागरिक यो संगठनप्रति विश्वसनीय हुनेछ ।’
शून्य सहनशीलता अपनाएर आम नागरिकलाई दिन सक्ने सबै सेवा प्रदान गर्न प्रहरी संगठन तयार रहेको स्पष्ट पार्दै प्रमुख अधिकारीले भत्रुभयो, ‘ कसैले पनि कानुन विपरीत काम गर्ने छुट छैन, कसैले अपराध वा संगठनलाई विगार्ने काम गरे कानुन अनुसार कारवाही हुन्छ ।’