विराटनगर ३० साउन । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं […]
विराटनगर ३० साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पूर्व राष्ट्रपतिलाई सम्मानित रुपमा व्यवहार गर्नुपर्ने बताउनुभएको छ । आज धनकुटामा अखिल नेपाल महिला सङ्घले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पूर्व राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नहुने चर्चा गर्दै उहाँलाई सम्मानित व्यवहार गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । राष्ट्रको प्रमुख भइसकेको व्यक्ति राजनीतिमा […]
विराटनगर ३० साउन । प्रेस चौतारी विराटनगर महानगर कमिटी गठन गरिएको छ । आज विराटनगरमा भएको भेलाले निशान्त ढुङ्गानाको अध्यक्षतामा ७ सदस्यीय महानगर कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा रश्मी थापा, सचिवमा रोशन पोखरेल र कोषाध्यक्षमा सम्झना कार्की रहनु भएको छ । महानगर कमिटीको सदस्यहरुमा सुजाता राई, राम खत्री र काजल देव रहेको प्रेस […]
विराटनगर २९ साउन । नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको कोशी प्रदेश स्तरीय दुई दलीय संयन्त्रको बैठक आज बसेको छ । बैठकमा प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको स्थानीय सरकारी कामकाजको भाषा बिधेयकले समेटन नसकेको मुख्य भाषिक समुदायहरुको (बान्तवा, चाम्लिङ र थारु लगायत) आवाजहरुलाई समेट्ने र संबोधन गर्ने तथा प्रदेश सरकारको समग्र पक्षको बारेमा छलफल भएको नेकपा […]
विराटनगर ३० साउन । सुनसरी धरानको महेन्द्र बहुमुखी क्याम्पसका नाममा उच्च अदालत विराटनगरले उत्प्रेशणयुक्त परमादेश जारी गरेको छ । महेन्द्र बहुमुखी क्याम्पस धरानमा एलएल.बी. मा अध्ययनरत इश्वर कट्टेलले दायर गरेको मुद्दामा न्यायाधिशद्वय श्रीधराकुमारी पुडासैनी र कृपासुर कार्कीको इजलाशले बुधवार क्याम्पसका नाममा उत्प्रेशणयुक्त परमादेश जारी गरेको हो । रिट निवेदक कट्टेलले कानून बमोजिमको प्रकृया पुरा गरी […]