विराटनगर १० असार । विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयहरुलाई मेगा विद्यालयका रुपमा विकास गर्ने भएको छ । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वटा विद्यालयलाई मेगा विद्यालयका रुपमा विकास गर्ने नीति अघि सारेको छ । विराटनगरका ३ वटा सामुदायिक विद्यालयलाई ५ हजार देखि १० हजार विद्यार्थी अध्ययन गर्न सक्ने गरि मेगा विद्यालयका रुपमा […]
विराटनगर १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ४ अर्ब ४० लाखको बजेट प्रस्तुत गरेको छ । विराटनगर महानगरपालिकाको १६ औं नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा ५० करोड ९ लाख १४ हजार बढीको बजेट प्रस्तुत गर्नु भएको हो । नगरसभामा उपप्रमुख कार्कीले आर्थिक […]
विराटनगर ९ असार । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले प्रदेश सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको छ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अपाङ्गता पुर्नस्थापना कार्यक्रमका लागि अतिन्युन वजेट विनियोजन गरेको भन्दै राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले मंगलबार देखि अनिश्चितकालिन आन्दोलनको घोषणा गरिएको आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ । आन्दोलनको कार्यक्रम […]
विराटनगर ९ असार । मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्बेदिक औषधीहरुको उत्पादन गर्ने तयारी गरेको छ । नेपाली जडिबुटीको प्रयोग गरि मधुमेह रोगको उपचार गर्ने विशेष अनुसन्धानलाई विशेष महत्व दिईएको विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले जानकारी दिनुभयो । विश्वविद्यालयमा आज उपकुलपतिसँग पत्रकार कार्यक्रममा उहाँले चालु शैक्षिक शत्रमा विश्वविद्यालयले १० वटा विभिन्न विषयमा अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँले […]
विराटनगर, ९ असार । स्वच्छ वातावरणसम्बन्धी मौलिक हक प्रत्याभूति गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले कोशी प्रदेश सरकारलगायत पाँच वटा निकायलाई विपक्षी बनाई दायर गरेको रिटमा उच्च अदालत विराटनगरले आज कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत विराटनगरका न्यायाधीश नरेश कुमार चौधरीको इजलाशले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि […]