माेरङ कटहरीकाे भगवती आधारभूत विद्यालयकाे भवन उद्घाटन

विराटनगर, ३१ साउन । मोरङको कटहरी गाँउपालिका वडा नं. ५ मा रहेको भगवती आधारभूत विद्यालयमा नयाँ भवन निर्माण गरिएपछि आज उद्घाटन गरिएको छ ।

शुक्रबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरीले शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिरहेकोले  बालबालिकाहरुलाई आधारभूत शिक्षा प्रदान गर्न शिक्षक र कर्मचारीहरुले पनि काम गर्न आग्रह गरे ।

उनले कटहरी गाँउपालिकाको करिब २५ लाख रुपैया लागतमा निर्माण गरिएको सो ५ कोठे भवनको एक कार्यक्रम बीच गाँउपालिकाका अध्यक्ष चौधरीले उद्घाटन गरे ।

उनले विद्यालयमा विद्यार्थीको उपस्थिति बढाउन सवैक्षेत्रबाट लाग्नु पर्ने बताए । उनले धेरै विद्यालयहरु विद्यार्थी अभावमा गाभिदै गएको अवस्थामा विद्यार्थीहरूलाई विद्यालय तर्फ आकषिर्त गर्ने गरी काम गर्न निर्देशन दिए ।

८ कक्षा सम्म अध्यापन हुने सो भगवती आधारभूत विद्यालयमा २ सय ४० जना बालबालिकाहरु अध्ययनरत रहेका छन् ।

गत चैत्र महिनामा सुरु गरिएको चार कोठे भवन निर्माण अहिले सम्पन्न भएसँगै गाउँपालिकाले आधारभूत शिक्षा क्षेत्रमा पूर्वाधार विकासमा अर्काे महत्वपूर्ण कदम चालेको छ ।

नयाँ भवन बनेपछि बालबालिकाहरुलाई पठनपाठनमा सहजता आउने विश्वास गरिएको छ भने विद्यार्थीहरुले सहजै रुपमा पढ्न पाउने भएका छन् ।