विराटनगर २७ माघ । शिक्षादीप कलेज विराटनगरका विद्यार्थीले वार्तालाप गर्ने रोबर्ट बनाएका छन् । ६ दिने कार्यशालामा विद्यार्थीले कन्भरसेसन गर्ने रोबर्ट बनाएका हुन । रोबर्टसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वार्तालाप गर्नुभएको थियो । शिक्षादीप कलेजले कोड हिमालय र द स्क्वाड चेन्ज मेकरसँगको प्राविधिक सहयोगमा विद्यार्थीका लागि आयोजना गरेको ६ दिने रोबोटिक्स खगोल विज्ञान उड्ययन […]
विराटनगर २६ माघ । माेरङ बुढीगंगा २स्थित जेभियर्स इङलिस स्कुलले शनिबार १० औं बार्षिकाेत्सव तथा अभिभावक दिवस मनाएकाे छ । बार्षिकाेत्सवकाे अवसरमा एक शिक्षक सहित तीन जनालाई सम्मान गरिएकाे छ । ०८० बुढीगंगा भरिमा उत्कृष्ट अंक ल्याउने जेभियर्सकाे कक्षा १२ का कुशल विक, कक्षा १० कि दीया थापा मगर र खेल शिक्षक कराँतेका प्रभाकर रानामगरलाई […]
विराटनगर २५ माघ । विराटनगरस्थित भानु कलेजले पूर्वविद्यार्थीहरुलाई सम्मान गरेको छ । शुक्रबार विशेष समारोह आयोजना गरेर कलेजले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेका पूर्वविद्यार्थीहरुलाई सम्मान गरेको हो । एमवीवीएसमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने पुज्जल खड्का, वीएससी नर्सिङमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने सपना साह, कृषि तथा वन विश्वविद्यालयमा भेटनरी डाक्टरमा छात्रवृत्ति पाउन सफल अनुराग मञ्जिल गेलालसहित […]
विराटनगर २३ माघ । राष्ट्रिय शैक्षिक परामर्श संघ काेशी प्रदेशले नाे अब्जेक्सन सर्टिफिकेट ( एनओसी) प्रदेश स्तरबाटै जारी हुने व्यवस्था मिलाउन माग गरेकाे छ । हाल सानोठिमी भक्तपुरबाट जारी हुँदै आएको एनओसी प्रदेश स्तरबाटै गर्न उसले माग गरेकाे हाे । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई संघले आज ज्ञापन पत्र बुझाउँदै कोशी प्रदेश भित्र शैक्षिक परामर्श […]
विराटनगर २१ माघ । विराटनगर–११ स्थित बालकल्याण विद्यामन्दिर मावि (बीकेभीएम) मा विभिन्न कार्यक्रम गरि सरस्वती पूजा गरिएको छ । कक्षा १२ सम्म पठनपाठन हुदैं आएको विद्यालयमा ४ हजार ५ सय बढि विद्यार्थी अध्ययन गर्दै आएकाछन् । अध्ययनसंगै विद्यालयले खेलकुद, हाजिरीजवाफ, र अन्य विषयमा समेत विद्यार्थीहरुलाई अभ्यस्त गराँउदै आएको छ । विद्यालयमा अध्ययन गरेका सृजन घिमिरेलाई […]