विराटनगर २ साउन । विराटनगरको अरनिको स्कुलले विज्ञान संकायमा भर्ना भएका विद्यार्थीको स्वागत गरेको छ । आज कलेज परिसरमा आयोजित कार्यक्रममा विज्ञान संकायमा भर्ना भएका एक हजार एक सय विद्यार्थीलाई स्कुलले स्वागत गरेको हो । विज्ञान संकायमा भर्ना हुनका लागि २ हजार बढी विद्यार्थीले प्रवेश परीक्षा दिएकोमा १ हजार १ सय विद्यार्थीको भर्ना लिईएको विज्ञान […]
विराटनगर ३१ असार । पूर्वाञ्चल विश्वविद्यालयको ४१ औं सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतमा प्रधानमन्त्रीनिवास बालुवाटारमा आज सम्पन्न ४१ औं सभा बैठकले बजेट स्वीकृत गरेको हो । बैठकमा रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठी आर्थिक […]
विराटनगर ३० असार । २०८१ सालको एसईईको परीक्षाफल २०८२ असार १३ गते प्रकाशित भयो । देशभरबाट नियमित तर्फ ४ लाख ३८ हजार ८ सय ९६ जना विद्यार्थी सहभागि थिए । यस वर्ष नतिजा सुधारिएर ६१ दशमलव ८१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरे । बाँकी एनजी अर्थात ग्रेड बिहीन बन्न पुगे । यस्तै विराटनगर महानगरपालिका भित्रका […]
विराटनगर २७ असार । नेपाल बाल संगठन जिल्ला कार्यसमिति मोरङका सभापति नवीन पहाडीले पदभार ग्रहण गर्नु भएको छ । आज समितिको कार्यालयमा एक कार्यक्रमकाबीच उहाँले पदभार ग्रहण गर्नुभएको हो । पहाडीले पदभार ग्रहण गर्दै बाल संगठन केन्द्रीय कमिटीले दिएको जिम्मेवारी पूरा गर्ने बताउनुभयो । तदर्थ समितिको सभापतिका रुपमा उनलाई नेपाल बाल संगठनले जिल्ला कार्यसमितिको सभापतिका […]
विराटनगर २७ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा विराटनगरबाट ४.० जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ । विराटनगर महानगरमा आज आयोजित कार्यक्रममा ४ जीपीए ल्याउने विद्यार्थीहरु विकेभिएमका अभियान राजवंशी, गौरव झा, मौलिक ढकाल, नैतिककुमार पौद्दार, प्रिन्सा साह, श्रेहनराज साह, आदर्श माविका प्रिन्सकुमार गुप्ता, प्रियांश यादव, संयोग भट्टराई र श्रेया […]