कानुन निर्माणमा सरोकारावाल पक्षको सहभागिता गराउन माग

विराटनगर २० भदौ । प्रदेशस्तरका कानुन निर्माण गर्दा नागरिक समाज र सरोकारवाला समूहको सुझाव अपरिहार्य हुनेमा जोड दिइएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को संसद सहयोग परियोजनाको सहयोग तथा संसदीय पत्रकार मंच कोसी प्रदेशको आयोजनामा बुधबार विराटनगरमा आयोजित कार्यक्रममा प्रमाणमा आधारित कानुन निर्माणमा सरोकारवाला पक्षको सहभागितामा जोड दिइएको हो । कोसी प्रदेशसभामा […]

भ्रामक समाचार विरुद्ध कानुनी उपचारमा जान्छौं : जय मिडिया म्यानेजमेन्ट

विराटनगर १८ भदौ । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगितालाई बदनाम गराउने उद्देश्यले कपोकल्पित र भ्रामक समचार प्रकाशित गर्ने केही अनलाइन विरुद्ध आयोजक संस्था जय मिडिया म्यानेजमेन्ट प्रा. लि. कानुनी उपचारमा जाने भएको छ । प्रालिले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । केही दिन अगाडी सुनसरीको धरानबाट सञ्चालित […]

सरकार सहमतीको आधारमा पाँच बर्ष सञ्चालन हुने : मन्त्री किराती

विराटनगर १७ भदौ । संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बर्तमान गठबन्धन सरकार सहमतीको आधारमा पाँच वर्ष सञ्चालन हुने बताउनु भएको छ । प्रेस सेन्टर नेपाल मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दलहरु अस्थिरताबाट जोगिन र कामको आधारमा वर्तमान सरकार अक्षरस सहमती पालना गरी पूर्ण समयसम्म सञ्चालन हुने दावी गर्नु भयो […]

विराटनगर ८ मा हरियाली पार्क निर्माण

विराटनगर १७ भदौ । विराटनगर ८ को हाटखोला मैदान नजिक हरियाली पार्क निर्माण गरिएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय बैकल्पिक चिकित्सा बिभागको सहयोगमा हरियाली पार्क भित्र खुल्ला ब्यायामशाला निर्माण गरिएको छ । वडाका बालबालिका तथा जेष्ठ नागरिकलाई लक्षित गरेर ब्यायामसाला निर्माण गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ लाखौ खर्च गरेर फलामको […]

मानव वेचविखन तथा ओसारपसार विरुद्धको दिवसमा सचेतनामुलक कार्यक्रम गरिने

विराटनगर १५ भदौ । मानव वेचविखन तथा ओसार पसार विरुद्धको १७ औं दिवसका अवसरमा विराटनगरमा सचेतनामुलक कार्यक्रम गरिने भएको छ । आज माईती नेपालमा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको अध्यक्षतामा बसेको जिल्ला समितिको बैठकमा सो निर्णय गरिएको छ । मानव वेचविखन तथा ओसार पसार विरुद्धकोको १७ औं दिवसका दिन भदौ २० गते जिल्ला प्रशासन कार्यालयमा […]