विराटनगर १८ फागुन । डेढ वर्षदेखि इलाका प्रशासन कार्यालय रंगेली प्रमुखविहीन भएको छ । कार्यालयमा प्रमुख पठाउन गृह मन्त्रालयले ढिलासुस्ती गरेका कारण डेढ वर्षदेखि इलाका प्रशास कार्यालय प्रमुखविहीन भएको हो । कार्यालयमा प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्दै आएका छन् । प्रशासन कार्यालयमा काम लिए आउने सेवाग्राहीले हप्ताको मंगलबार र शुक्रबार मात्रै कार्यालयबाट सेवा प्राप्त गरिरहेका […]
विराटनगर १८ फागुन । विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणलाई प्रभावकारी बनाउन विराटनगरस्थित सनसारीमाईस्थानमा जडान गरेको डिप बोरिङ सञ्चालनमा ल्याएको छ । महानगरले बजार र दक्षिणी क्षेत्रलाई लक्षित गरी जडान गरेको डिप बोडिङमा दमकलबाट परीक्षणसमेत गरेको छ । मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरले शुक्रबार बिहान दुईवटा दमकलबाट परीक्षण गरेको हो । जडान […]
विराटनगर १८ फागुन । कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप सुनुवारले खेलकुद क्षेत्रको विकासका लागि सरोकारवाला निकायसंग छलफल गरि बजेट तयार पार्ने बताउनु भएको छ । आज मोरङको मिक्लाजुङ गाउपालिकास्थित मनोहर जनता माविमा अन्तरपालिका जिल्लास्तरीय १४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सुनुवारले खेलक्षेत्रलाई ब्यवसायिक रूपमा अघि बढाउन प्रदेश सरकार तयार रहेको बताउनुभयो । […]
विराटनगर १८ फागुन । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा जारी दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र वालिका स्कुल फाइनलमा प्रवेश गरेको छ । विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सरस्वती, वालिका, सत्यनारायण स्कुल विजयी भएका छन् । […]
विराटनगर १७ फागुन । कोशी अस्पताल विराटनगरमा स्वास्थ्य बीमा अन्र्तगत उपचारका लागि पुग्ने विरामीको संख्या बढ्दै गएका छन् । चालु आर्थिक वर्ष ०८० श्रावणदेखि हालसम्म स्वास्थ्य बीमामार्फत विभिन्न उपचारका लागि अस्पतालमा ८३ हजार ३ सय ९० जनाले सेवा लिएका छन् । गतवर्ष यसै अवधिमा ७३ हजार ५ सय ३ जना विरामीले स्वास्थ्य बीमा सेवा लिएका […]