मैथिली सेवा समितिको अध्यक्षमा डा. झा निर्वाचित

विराटनगर १३ माघ । मैथिली सेवा समिति विराटनगरको अध्यक्षमा डा एस एन झाको नेतृत्वमा १५ सदस्यीय कार्य समिति शनिबार चयन गरिएको छ ।

मुलुकको दोस्रो ठूलो भाषा मैथिली भाषी समुदायको विराटनगरमा सम्पन्न ३२ औँ अधिवेशनले उपाध्यक्षमा डा योगेन्द्रप्रसाद यादव तथा अधिवक्ता संजु साह, महासचिवमा मृत्युंजय मिश्र,सचिवमा रोशन देव र उप सचिवमा रोकशकुमार ठाकुर र कोषाध्यक्षमा दीपेन्द्रकुमार झा लाईचयन गरेको छ । यसैगरी सदस्यहरुमा विमला पोद्दार, आरती झा,नित्यानन्द झा, प्रेमचन्द्र झा, कामानन्द झा, बिजेन्द्र कर्ण, मोहन झा र सुशिलकुमार झा रहनु भएको छ ।

निर्वाचन समितिको संयोजक प्रा वीरेन्द्रकुमार झा पदाधिकारीहरुलाई पद तथा गोपनियनताको शपथ ग्रहण गराउनु भयो ।