अनेरास्ववियुबाट स्ववियुमा निर्वाचितलाई एमालेको बधाई

विराटनगर, १० चैत । गत चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा विराटनगरका तीन वटा क्याम्पसमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुहलाई नेकपा एमाले मोरङले बधाई ज्ञापन गरेको छ । आज पार्टी कार्यालय पाञ्चालीमा आयोजित कार्यक्रममा एमाले मोरङका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल, एमाले नेता तथा रंगेली नगरपालिकाका […]

महेन्द्र मोरङ क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका पौडेल निर्वाचित

विराटनगर ७ चैत । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापतिमा नेपाल विद्यार्थी संघका जसवन्त पौडेल निर्वाचित भएका छन् । पौडेल एक हजार ६८९ मतसहित निर्वाचित हुँदा निकटमत प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका उम्मेदवार रोहित यादवले ७८४ मत प्राप्त गरे । अनेरास्ववियुका अध्यक्षका उम्मेदवार नविन पहाडीले ५९२ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ […]

माओवादीले मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको छ : अध्यक्ष ओली

काठमाण्डौं ३० चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाउनु भएको छ । माओवादी केन्द्रको नामै नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको बताउनुभयो । मंगलबारबाट काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको […]

उपराष्ट्रपति पदका लागि ४ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुने

विराटनगर २८ फागुन । उपराष्ट्रपति पदका लागि ४ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुने भएको छ । आज निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवार दिएका कोही पनि उम्मेदवारहरुले नाम फिर्ता नलिएपछि ४ जनाकै उम्मेदवारी कायम रहेको हो । उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जनता समाजवादी पार्टी, नेपालबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव र जनमत […]

उपराष्ट्रपतिका उम्मेदवार रामसहायविरुद्ध उजुरी

विराटनगर २७ फागुन । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ । नेकपा एमालेका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रहेकी अष्टलक्ष्मी शाक्यका प्रतिनिधि महेश बर्ताैलाले उजुरी दर्ता गराउनुभएको हो । आज बिहान ९ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम सकिएपछि निर्वाचन कार्यक्रम तालिका अन्तर्गत उम्मेदवार विरुद्धको दावी विरोधको कार्यक्रम सूरु भएपछि बर्ताैलाले यादवको […]