पत्रकार महासंघको अध्यक्षमा पाँच जनाको उम्मेदवारी, आज दाबी विरोध

विराटनगर २२ मंसिर । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदमा निर्मला शर्मा, रमेश विष्ट, कमल गिरी, देवीप्रसाद सापकोटा र लालसिंह (एल एस) लामाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, दामोदरप्रसाद दवाडी, गोविन्दप्रसाद चौलागाईं र रोशन पुरीको उम्मेदवारी परेको छ […]

राजनीतिक दलहरुको सहमतीमा संविधान संशोधन : कांग्रेस सभापति देउवा

विराटनगर २१ मंसिर । नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गर्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संविधान संशोधन गर्न दुई तिहाई वहमत आवश्यक भएकोले दलहरुवीच वार्ता एवं सहमती कायम गर्ने प्रष्ट पार्नु भयो । पूर्व प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको चीन भ्रमणको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ […]

एमाले कोशी प्रचार विभागले अग्रजहरुको अभिलेखीकरण गर्ने

विराटनगर २० मंसिर । नेकपा एमाले कोशी प्रदेश प्रचार विभागले अग्रजहरुको अभिलेखीकरण गर्ने भएको छ । नेकपा एमालेमा लामो समय जीवन व्यतित गरेका तर कुनै पनि अवसर नपाएकाहरुको विषयमा पुस्तक प्रकाशन गर्ने भएको हो । एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको विहीबार विराटनगरमा बसेको बैठकले कोशी प्रदेशका १४ वटै जिल्लाका अग्रजहरुका विषयमा पुस्तक प्रकाशनका […]

मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्न गठबन्धन सरकार : डा कोइराला

विराटनगर,१८ मङ्सिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्न वर्तमान गठबन्धन सरकार निर्माण भएको बताउनु भएको छ। नेपाली कांग्रेस १७ पालिका समिति मोरङद्वारा आज विराटनगरको जैन भवनमा आयोजित नेकां प्रथम ऐतिहासिक कोशी प्रदेशस्तरीय पालिका सभापतिहरुको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले दुई ठूला दल नेकां र एमालेबीच मुलुकमा […]

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा भण्डारी नियुक्त

विराटनगर १७ मंसिर । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त हुनु भएको छ । भण्डारीलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँले आज साँझ नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । विवादास्पद जापान भ्रमणका कारण तत्कालीन आन्तरिक मामिला […]