विराटनगर २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले आज विराटनगरमा जेष्ठ सदस्यहरुलाई सम्मान एवं पार्टी प्रवेशलाई स्वागत कार्यक्रमको आयोजना गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्गदेनले ८० बर्षभन्दा माथिका जेष्ठ सदस्यहरुलाई सम्मान गर्दै समाजमा सामाजिक सदभाव कायम राख्न एवं जनताको भरोसा योग्य पार्टी बनाउन उहाँहरुको ठूलो योगदान रहेको बताउनु भयो । उहाँले भन्नु भयो,‘देश […]
विराटनगर, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमाल दाहाल ‘प्रचण्ड’ले आफुहरु संविधान संशोधनको विरोधी नभएको बताउनुभएको छ । विराटनगर विमान स्थलमा आज बिहान पत्रकारहरुसँगको भेटघाटमा उहाँले संविधान संशोधनको नाममा लामो बलिदानबाट प्राप्त भएको उलब्धिलाई मास्ने काम सहय नहुने कुरामा जोड दिनुभयो । उत्पीडित वर्ग र समुदायका उत्थानका लागि ल्याइएको समानुपातिक […]
विराटनगर २१ भदौ । नेकपा एमाले केन्द्रीय अनुशासन आयोगले कोशी प्रदेशमा एक दिवसीय प्रशिक्षण तथा अनुगमन कार्यक्रमको आयोजना गरेको छ । कोशी प्रदेश कमिटीको व्यवस्थापनमा भएको कार्यक्रममा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी, सचिवालय सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अनुशासन आयोगका सचिव प्राध्यापक डाक्टर भरतराज पहाडीले अनुशासन र […]
विराटनगर १९ भदौ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको विशेषता सङ्घीयता र समावेशी भएको बताउनु भएको छ । पार्टीको कोशी प्रदेश कमिटीद्वारा विराटनगरमा मंगलबार आयोजित अभियन्ता अभिमूकिकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले नेपालको संविधानमा रहेको समावेशी, समानुपातिक र सङघीयतालाई संस्थागत गर्र्नु पार्टीको मुख्य जिम्मेवारी रहेको बताउनु भयो । अध्यक्ष यादवले भन्नु भयो, […]
विराटनगर १४ भदाै । नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले) नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको प्रदेश संसदीय दलको बैठकपछि शुक्रबार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । समर्थन कायमै राखेर माओवादी गत साउन ११ गते सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिएको १ महिनापछि माओवादीले समर्थन पनि फिर्ता लिएको छ […]