एमाले मोरङ अधिवेशन : सदस्यहरुमा पनि ढकाल समूह अगाडी, दुवै समूहमा रहेका उम्मेदवारको मतान्तर बढी

विराटनगर २३ फागुन । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन अन्र्तगत भएको निर्वाचनको मतगणना जारी छ ।

४३९ मतगणनाको परिणाम सार्वजनिक हुँदा पदाधिकारी तर्फ एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकाल समूह समर्थित उम्मेदवारी आगाडी छन् ।

सदस्यहरुको ४३९ को मतणना जारी छ । पहिलो मतपेटिकाको १८८ मत गणना हुँदा पनि ढकाल समूह अगाडी छ । ढकाल समूह र पार्टी संस्थापन समूह दुवै तर्फ रहेका उम्मेदवारहरु पनि मतपरिणाममा आगाडी छन् ।

हलबाट निर्वाचित हुने खुला सदस्यहरुमा भोला अधिकारी ९२, धर्मानन्द खरेल ७७, शंकर थापा ७२, कृष्णप्रसाद भट्टराई ७२, धर्मानन्द सञ्जेल ६७, रुद्रकुमार श्रेष्ठ ६६, मकरबहादुर बुढाथोकी ६४, मतका साथ अगाडी छन् । महिला तर्फ मीना पौडल १२७, विष्णुकुमारी राई १०७, रुक्मीणा घिमिरे ८४, यूवा तर्फ जोसेफ घिमिरे ८०, मनोज राई ७०, अन्ताज हुसेन ५५, प्रवेश विष्टले ५० मत ल्याएका छन् ।

भूगोल तर्फ विराटनगरबाट राजन भण्डारी ९१, राधेश्याम कट्टेल ८८, दिव्यराज कट्टेल ८१ खेमराज पोखरेल ८१, काजी वस्नेत ८०, प्रविण कार्की ७९, सुरज श्रेष्ठ ७६, सन्दिप पोखरेल ७३, श्याम घिमिरे ६८, महिलामा गीता घिमिरे ओझा १२४, डम्बरकुमारी बस्नेत ११९, शोमा निरौला १०९, सरिता घिमिरे १०६, झुमा पोखरेल पाठक १०६, ममता प्रधान ८६ र कौशिला बञ्जराले ८१ मत ल्याएका छन् । यूवा तर्फ किरण लामा १११, लक्ष्मण पोखरेल ७६ र शान्ता डंगोल ७० मतका साथ अगाडी छन् ।

भूगोल बेलबारी तर्फ प्रेमकुमारी कार्की १०४, योगेन्द्र सुवेदी ७५, अम्मर गुरुङ ६८, महिला तर्फ सीता तामाङ ६९, मञ्जु रिमाल ६३, यूवामा शितल राय ५८, सुन्दरहरैचा भूगोल खेमप्रसाद न्यौपाने १०८, इन्द्र भट्टराई १०८, रोशन ढकाल ८०, महिला अकली चौधरी १२४, तुलसा आचार्य १११, यूवामा निरज ढकाल ७७, मिलन घिमिरे ७४ मतका साथ अगाडी छन् ।

लेटाङ भूगोलमा राम श्रेष्ठ ८६, तेजप्रसाद तिम्सीना ७२, सूर्य मगर ७२, महिलामा केशवकुमारी खतिवडा ११८, मेनुका आचार्य ८४, रंगेली भूगोल करण ठाकुर ८८, रतुवामाई भुगोल पदम प्रसाई १०९, दुर्गा विष्ट ८१, देवेन्द्र पौडेल ८१, यूवामा राम कार्की ९०, महिलामा हरिका ढकाल १०३, अर्पणा राजवंशी ७९ मतका साथ अगाडी छन् ।