कोशी प्रदेशमा २ मन्त्री र २ राज्यमन्त्री थपिए

विराटनगर ८ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । उहाँले दुई मन्त्री र दुई राज्यमन्त्री थप गर्नु भएको छ । नव नियुक्त मन्त्रीहरुमा बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइ, लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बन्नु भएको छ । त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन […]

नामकरणको समर्थनमा सिङ्गो एमाले जुरुक्क उठ्न सकेन : मुख्यमन्त्री कार्की

विराटनगर, ६ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी’ नामकरणको समर्थनमा सिङ्गो एमाले जुरुक्क उठ्न नसकेको बताउनु भएको छ । प्रगतिशल तथा पेशागत कानून व्यवसायी संघ (पीपीएलए) को कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री कार्कीले भन्नुभयो ‘ कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरुक्क उठ्नु […]

राजनीतिक अस्थिरताले संघीयता प्रति नै वितृष्णा पैदा भयो : मुख्यमन्त्री कार्की

विराटनगर ३ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले संघीयता प्रति नै वितृष्णा पैदा भइरहेको बताउनुभएको छ । नवौं संविधान दिवसका अवसरमा प्रदेश सरकारले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले प्रदेशवासीमा संघीयता प्रति नै वितृष्णा पैदा भइरहेको बताउनुभएको हो । जनतामा देखिएका […]

संविधान दिवसका अवसरमा कलेज अफ ल मा वादविवाद प्रतियोगिता

विराटनगर ३ असोज । संविधान दिवसका अवसरमा पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल ले वादविवाद प्रतियोगिता गरेको छ । वादविवाद प्रतियोगितामा रञ्जित लावती प्रथम र प्रवेश दाहाल द्वीतिय भएका छन् । त्यस्तै, लोकेन्द्र श्रेष्ठ तृतिय भएका छन् भने निमु शेर्पाले सान्त्वना पुरस्कार पाएकी छिन् । संघीयता अवसर हो भन्ने पक्षमा सात जना र संघीयता चुनौती हो […]

निबन्धमा शिक्षादीपका एन्जल र सुगम प्रथम

विराटनगर ३ असोज । राष्ट्रिय शिक्षा दिवसका अवसरमा कोशी प्रदेश सरकारद्वारा आयोजित निबन्ध प्रतियोगितामा छात्रा र छात्र दुवै तर्फ विराटनगरको शिक्षादीप मावि प्रथम भएको छ । शिक्षादीपका विद्यार्थीहरु छात्रातर्फ कक्षा १२ विज्ञान समूहकी एन्जल राई र छात्रमा कक्षा ११ विज्ञान समूहकै सुगम ढकाल प्रथमभएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । उक्त प्रतियोगितामा छात्रामा विकेभिएम विराटनगरकी स्वीकृति […]