दलहरुको सहमतीमा प्रदेशको नाम ‘कोशी’ राखिएको : मुख्यमन्त्री कार्की

विराटनगर २७ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतीमा प्रदेशको नाम ‘कोशी’ राखिएको बताउनु भएको छ । नगेन्द्रप्रसाद – आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण छौठो संस्करणको–२०८० को उद्घाटन गर्दै उहाँले दुई तिहाई वहुमतद्वारा राखिएको नामको विरोधमा केही पहिचानवादीले हिंसागत गतिविधि एवं तोडफोडको घटनाप्रति […]

कोशी अस्पताल विराटनगरमा जन्मिए शरीर जोडिएका जुम्ल्याहा

विराटनगर २६ वैशाख । कोशी अस्पताल विराटनगरमा एक जना महिलाले शरीर जोडिएका जुम्ल्याहा सन्तान जन्माएकी छन् । अस्पतालले यस्तो शिशु पहिलोपटक जन्मिएको जनाएको छ । चिकित्सकले यस घटनालाई अनौठो र दुर्लभ मानेका छन् । सप्तरीको कल्याणपुर घर र दुखनीदेवी भगत चौधरी नाम बताउने ३७ वर्षीया महिलाले शरीरको अगाडिको भाग जोडिएका जुम्ल्याहा सन्तान जन्माएकी हुन् । […]

विराटनगरको प्रमुख प्रशासकीय अधिकृतमा पराजुली, कोइरालाको मुख्यमन्त्री कार्यालय कर्णालीमा सरुवा

विराटनगर २६ वैशाख । विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदेश प्रमुखको कार्यालय मधेश प्रदेशका सचिव राजेन्द्र पराजुलीको सरुवा भएको छ । विराटनगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णालीमा सरुवा भएको छ । त्यसैगरि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशका ज्ञानेन्द्र प्रसाद ढकाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह), माधवप्रसाद पोख्रेल […]

महानगरद्धारा मासु पसलको अनुगमन तीव्र

विराटनगर २५ जेठ । विराटनगरलाई सफा, सुन्दर, उज्यालो र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरपालिकाले माछामासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । हाटबजारमा खुल्ला रुपमा बिक्री गर्न रोक लगाएको महानगरले सटरमा सञ्चालित पसलको समेत अनुगमनलाई तीव्रता दिएको हो । महानगरको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादव नेतृत्वको टोलीले सोमबार विराटनगरको रोडशेष र कोशी प्रोजेक्ट आसपासका मासु […]

कोशी प्रदेशलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको प्रवर्द्धन आवश्यक : मन्त्री आचार्य

विराटनगर २५ वैशाख । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले अब २० वर्षअघिका जस्ता बजेट बनाएर नहुने बताउनु भएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयले विराटनगरमा सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को दोस्रो तथा तेस्रो त्रैमासिक प्रगति समीक्षा एवं आगामी आर्थिक वर्ष २०८०/०८१ को योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री […]