‘कांग्रेस र माओवादी दुवै सँग सहमति गर्न तयार छौं, व्यक्तिलाई समर्थन गर्न सकिदैन’ : मुख्यमन्त्री कार्की

विराटनगर २२ असोज । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार गठनमा एमालेको दावी नरहने बताउनु भएको छ । संविधानको धारा १६८ को उपधारा ५ मा एमालेको दावी नरहेको उहाँको भनाई छ । उहाँले प्रदेशसभामा रहेका दलहरुसँग सहकार्यका लागि खुल्ला रहेको बताउनुभयो । दलहरुबीच सहमति बन्न नसक्दा प्रदेशमा फरक सन्देश गएको उहाँको भनाई छ । […]

कोशी प्रदेशमा मातृ मृत्युदर कम गर्न नीतिगत व्यवस्थाका लागि पहल गर्ने सांसदहरुको प्रतिबद्धता

विराटनगर २२ असोज । कोशी प्रदेशका सांसदहरुले मातृ मृत्युदर कम गर्न नीतिगत व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । सांसदहरुले मातृ मृत्युदर कम गर्न आवस्यक वजेट, आवस्यक दक्ष मानवीय श्रोत साधन एवं संरचनागत प्रयासहरुको लागि पहलकदमी लिने बताएका हुन् । विराटनगरमा आज कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, युएनएफपीए, भिएसओ, साझा सवालका लागि साझा मञ्च […]

विराटनगरमा जीआइएस हाउस नम्बरिङ सुरु

विराटनगर २१ असोज । आरयुडीपी प्रोजेक्टअन्तर्गत विराटनगर महानगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली (जीआइएस हाउस नम्बरिङ सिस्टम) कार्यान्वयनका लागि घर नम्बर राख्न सुरु गरेको छ । महानगरले सहरीकरणसँगै घर संख्या बढ्दो अवस्थामा रहेका कारण मेट्रिक ठेगाना प्रणाली कार्यन्वयनमा ल्याएको हो । यो प्रणालीले नगरवासीको घर पहिचान सहज बनाउनेछ । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले आइतबार जीआइएस […]

मोरङको मानव अधिकारको अवस्थाबारे छलफल

विराटनगर २० असोज । मोरङको मानव अधिकारको अवस्थाबारे विराटनगरमा आज सरोकारवालाहरुवीच छलफल भएको छ । जीआईजेड–जेडएफडिको सहयोग तथा साझा सवालका लागि साझा मञ्च कोकनको समन्वयमा मानव अधिकार मञ्च नेपाल, इलामले आयोजना गरेको कार्यक्रमका सहभागिहरुले शिक्षा, स्वास्थ्यको क्षेत्रमा समस्या देखिएको बताएका थिए । सरोकारवाहरुले महिला हिंसा, बालविवाहका घटनाहरु, आपराधिक घटनाहरु बढ्दै गएको बताएका थिए । छलफलका […]

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्धारा पदबाट राजीनामा

विराटनगर २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिनुअघि नै आफूले प्रदेश प्रमुख समक्ष राजीनामा दिएको उनले बताए । मुख्यमन्त्री कार्कीले प्रदेशसभामा पदवाट राजीनामाको घोषणा गरेलगत्तै प्रदेश प्रमुख समक्ष पदबाट राजीनामा दिएका हुन । प्रदेश सभामा उनले कुनै पनि दलको बहुमत नरहेको र दलकाबीचमा सहकार्य हुन नसके […]