विराटनगर २५ माघ । विराटनगर हार्डवयर संघ तथा विराट नर्सिङ होम प्रा.लि. विराटनगरबिच स्वास्थ्य परिक्षण छुटसँग सम्बन्धित सम्झौता भएको छ ।
संघमा दर्ता भएका हार्डवेयर व्यवसायका सदस्य, कार्यरत कर्मचारी र कर्मचारीका आश्रित परिवारका सदस्यहरुको स्वास्थ्यउपचारमा सघाउ पुर्याउने उद्देश्यले सम्झौता भएको हो । सम्झौता अनुसार स्वास्थ्य परिक्षण गर्दा विभिन्न सेवाहरुका विशेष छुट उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा हार्डवेयर संघका तर्फबाट विराटनगर हार्डवेयर संघका अध्यक्ष प्रमोद अग्रवाल र विराट नर्सिङ होम प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. निकिता कार्कीले हस्ताक्षर गर्नुभएको छ । निकट भविष्यमा हार्डवेयर संघ तथा विराट नर्सिङ होम प्रा.लि. बिच स्वास्थ्य शिविर सञ्चालन गर्ने समेत योजना बनाइएको हार्डवेयर संघका सदस्य अनन्त निरौलाले जानकारी दिनुभयो ।