नवोदित गायक अनुरुपको एकल गायन प्रस्तुति

विराटनगर २४ माघ । स्वर संगम संगीतालय विराटनगरको ४९ औं श्रृंखलामा आज नवोदित गायक अनुरुप न्यौपानेको एकल गायन प्रस्तुति गरिएको छ । न्यौपानेको १९ औं जन्मदिनको अवसर पारेर एकल गायन प्रस्तुति गरिएको हो ।

नवोदित गायक न्यौपानेले ‘जहाँ छन् बुद्वका आँखा..’, ‘एउटा मान्छेको मायाले..’, ‘लोलाएका ती..’, ‘गल्ती हजार हुन्छन्..’ र ‘यस्तो पनि हुदो रैछ..बोलका गीतहरु प्रस्तुत गर्नुभएको थियो । स्वर संगम संगीतालयमा २०७६ वैशाख देखी संगीत प्रशिक्षण लिईरहनु भएका न्यौपाने उच्च शिक्षाका लागि काठमाण्डौं जाने भएपछि जन्मदिनको अवसर पारि एकल गायन प्रस्तुति कार्यक्रम गर्दै विदाई गरिएको थियो । विराटनगरमा २०५१ सालदेखि स्वर संगम संगीतालयले संगीत प्रशिक्षण दिदै आएको संगीत प्रशिक्षक कुशेश्वर राईले जानकारी दिनुभयो । आज एकल प्रस्तुती दिएका न्यौपानेमा राम्रो प्रतिभा रहेको उहाँले बताउनुभयो ।

एकल गायन प्रस्तुति कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्टार डा. दिलनाथ फुयाँल, विश्वविद्यालयका डिन प्रचण्डमान प्रधान, पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठ, इन्सेक कोशी प्रदेशका प्रमुख सोमराज थापा, युएनएफपीएका कोशी प्रदेश प्रमुख श्याम थापा, युवा उद्यमी मनोजविक्रम शाह लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।